आदरणीय साहित्यकार मित्रहरु!आज मैले साहित्यको एउटा नयाँ बिधाको आविष्कार गरेको छु।यसलाई गजल भनेर नभन्नु होला।यसलाई मैले नाम दिएको छु-"शरीर"।मान्ने र नमान्ने अधिकार तपाईंहरुकै।मेरो "शरीर" यसरी शुरु हुन्छ।
बिधा::शरीर
शीर्षक:सलाम
अपार ममताकी खानी आमालाई सलाम छ
जगतकै मान्छु रानी ,आमालाई सलाम छ।
त्राहीत्राही भई दिन्छ्यौ,हत्तपत्त पुछिदिन्छ्यौ
नयनमा आउँदा पानी,आमालाई सलाम छ।
सन्ततिको कष्ट लाई टाढा टाढा भगाउन
गर्छ्यौ दु:ख जानी जानी,आमालाई सलाम छ।
भेदभाव छैन मनमा,स्वार्थी माया गर्दिनौ
छोराछोरी छानीछानी,आमालाई सलाम छ।
दिनरात खटिरहन्छ्यौ,सेवा गरि रहन्छ्यौ
कहिल्यै दिक्क नमानी,आमालाई सलाम छ।
(नोट:शुरुको दुई लाइन=शीर
अन्तिम दुई लाइन=पाउ
प्रत्येक दुई लाइन=अंग
प्रत्येक लाइन=तन्तु
प्रत्येक दुई लाइनको माथिल्लो लाइन=माथिल्लो तन्तु
तल्लो लाइन=तल्लो तन्तु
खानी/रानी/पानी जस्ता अनुप्रास=मुटु
आमालाई सलाम छ=कलेजो
यो बिधा बिलकुल स्वतन्त्र बिधा हो।छन्द र बहरमा लेख्नुपर्ने आवश्यकता नभएको र लेखे ब्यक्तिगत इच्छाको कुरा।यो स्वतन्त्र बिधा भएकोले यसलाई लयमा या बिना लयमा पनि लेख्न सकिन्छ,गाउन सकिन्छ।वाचन गर्ने तरीका पनि स्वतन्त्र नै राखिएको छ।ब्यक्तिको क्षमता र कला अनुसार रोचक ढंगले वाचन गर्न सक्छन् ।मुख्यत मुटु दोहोर्याउन पाइने छैन।कारण -शरीरमा एउटै मात्र मुटु हुन्छ।"शरीर"बिधालाई अरु कुनै पनि बिधासंग तुलना गर्नुहुन्न।किन भने गजललाई कविले कविता जस्तो,गीतकारले गीत जस्तो,मुक्तककारले मुक्तक जस्तो र आख्यानकारले आख्यान जस्तो भनेर भनेका छैनन् र भन्नु हुँदैन पनि।समयको चक्र र समाजको आवश्यकता अनुरुप साहित्यका नयाँ-नयाँ र सहज बिधाहरुको जन्म हुने गर्छ।"शरीर" पनि त्यही आवश्यकताको एउटा पाटो हो भन्नेमा बिश्वास्त हुन सकिन्छ।त्यसैले यो बिधालाई प्रचारप्रसार गर्नु हामी साहित्यप्रेमीहरुको धर्म हो।धन्यवाद!!!
No comments:
Post a Comment