ध्वस्त पारी दियौ मुटु,अब के नै भन्नु छ र
किन नजिक आउँछौ र,बरु जाउ पर पर।
ज्युँदै मारी दिएपछि ,एक्लो पारी गएपछि
वारि मलाई छोडेर ,आफू पारी गएपछि
भनिदियौ ए निर्मोही,चाहे बाँच चाहे मर
किन नजिक आउँछौ र,बरु जाउ पर पर।
मन लाग्दा खेली रह्यौ,अघाएर छोडी दियौ
अमृत भनी प्यालामा,बिष भरी राखी दियौ
एकपल्ट धोका खाएँ,लाग्न छाड्यो अब भर
किन नजिक आउँछौ र, बरु जाउ पर पर।
No comments:
Post a Comment