सामाजिक सन्जालमा साहित्यकार भनेर खुब नाम कमाउन सफल भएको थियो रमेश।गजल,गीत,कविता र कथा जस्ता बिधाहरुमा कलम चलाएका उनले प्रशस्त लाइक र कमेन्ट पाइरहेका थिए।उसले पनि अरुका लेख,रचना पढेर लाइक र कमेन्ट गर्ने गर्थे।तर बिडम्बना,आर्थिक अभावले गर्दा कुनै पनि कृति बजारमा ल्याउन सकिरहेको थिएन।कतिपय साथीहरुले उसलाई साहित्यकार भनेर खिल्ली उडाउँथे।धेरै जसोले उसलाई फेसबुके साहित्यकार उपनाम दिएका थिए।जे होस साथीहरुमाझ उनी एक प्रतिभावान र सफल लेखक भनेर चिनिएका थिए।
तर अचानक उसको लेख रचना फेसबुकमा आउन छाडे।धेरैजसोले उसलाई साहित्यको क्षेत्रबाट पलायन भएको टिप्पणी गरे।दुईदिन उम्लिंदैमा कोही साहित्यकार हुन सक्दैनन् भन्ने सबैको निचोड थियो।पलायन हुनुको खास कारण भने कसैलाई थाहा थिएन र पत्ता लगाउने प्रयत्न पनि गरेनन्।दु:खको कुरा-रमेश सिकिस्त बिरामी भएको थियो।उसले गजल-कविता इत्यादि लेख्न त के एउटा स्ट्याटस सम्म लेख्न असमर्थ भएको थियो।महिनादिन अस्पतालमा उपचार गरेपछि केही निको भयो।एकदमै उत्साहित हुँदै उसले एउटा कविता लेखेर फेसबुकमा पोस्ट गर्यो।साथीहरुको लाइक र कमेन्टको आशामा दिन बित्यो,रात बित्यो।तर न त कसैको लाइक आयो न कमेन्ट नै।उसको कविता त्यतिकै शहिद भयो।त्यो दिन उसले एउटा निष्कर्ष निकाल्यो-
"म फेसबुके साहित्यकार नै रहेछु।कसैलाई लाइक र कमेन्ट दिन नसके,अरुले पनि नदिने रहेछन्।"
Sunday, 5 March 2017
साहित्यकार
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment