सुवासको इमान्दारिता, लगनशीलता,र बिचार देखेर म प्रभावित भएकी थिएँ।कलेजमा टप भएर पनि उसमा कुनै अहं थिएन।उसलाई मैले मनपराइसकेकी थिएँ।आफ्नो सपनाको राजकुमारको स्वरुप सुवासमा देख्न थालेकी थिएँ।बिस्तारै हाम्रो मित्रता प्रगाढ भयो।मित्रताले एक बर्ष पार गरिसक्दा पनि हामीले एक-अर्कालाई मनको कुरा भन्न सकेका थिएनौं।अरु दिन झैं त्यो दिन पनि रेस्टुरेन्टमा गएर खाजा खाइसकेपछि उसले मलाई एक्कासी भन्यो-
"सबिना!म तिमीलाई हृदयदेखि नै माया गर्छु।के तिमी मलाई माया गर्छ्यौ?"
एकछिन केही भन्नै सकिन।अरुबेला कसरी आफ्नो मनको कुरा उसलाई भनुँ झैं लाग्थ्यो तर त्यो पल मेरो मस्तिष्क शून्यतामा फस्यो।
"मलाई केही सोच्न देउ न सुवास!"
"ठिकै छ नि सबिना।बरु चौबीस घण्टाभित्र आफ्नो निर्णय सुनाउ है?"-उसले हतास हुँदै भन्यो।
मैले शीर हल्लाएर समर्थन जनाएँ।एकछिन स्थिती साम्य भयो।
सधैं उसले खुवाएको चिया-नास्ता खाँदा म लज्जित भैसकेकी थिएँ।मैले तिर्छु भनेपनि उसले कहिल्यै तिर्न दिएको थिएन।त्यो दिन भने मैले कसरी हुन्छ पैसा तिर्छु भन्ने लाग्यो।पैसा तिर्नु अगावै मैले उसको पर्स खोसिदिएँ।उसले आफ्नो पर्स फिर्ता लिने प्रयास गर्यो तर मैले गोप्य ठाउँमा लुकाएर दिईन।खाजा खाएको पैसा मेरै पाकेटबाट तिरें।पैसा तिर्न पाउँदा ठूलै युद्ध जिते झैं लाग्यो।
"लौ बाबा,तिम्रै जीत भयो,अब त मेरो पर्स देउ।"
"नाइँ दिन्न।आज मसंगै होस।"
उसलाई झनै सताउन मन लाग्यो।निकैबेरको प्रयत्न पश्चात् पनि पर्स नपाएर उ दिक्दार भैसकेको थियो।मलाई भने खुब रमाइलो लाग्दै थियो।उ लामो सुस्केरा हाल्दै ट्वाइलेट गयो।सधैं आफैं मात्र तिर्न खोज्ने उसको पैसा कति रहेछ हेर्न मन लाग्यो।उसको पर्स हेरेर पैसाको भन्दा पनि मलाई अर्कै कुरामा चासो बढ्यो।तत्कालै मैले एउटा महत्वपूर्ण निर्णय लिएँ।त्यो निर्णय सुवासलाई सुनाउनु थियो।उ ट्वाइलेटबाट आयो।
"सुवास!मलाई माफ गर,म तिमीलाई माया गर्न सक्तिन।"
"मैले त चौबीस घण्टाको समयसीमा दिएको थिएँ।किन हतारमा निर्णय लियौ?के भयो तिमीलाई अहिलेको अहिल्यै?के म तिम्रो लायकको छैन र?के कुरामा कमजोर छु म?"
"कमजोर छैनौ।सक्षम रहेछौ।"
"एकाएक मेरो प्रस्तावलाइ अस्वीकार गर्नुको कारण?"
"यही हो कारण।"
मैले उसको पर्समा भएको कन्डम देखाउँदै भनें।
Sunday, 26 March 2017
कारण
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment