Wednesday, 12 December 2018

जिन्दगी-१-२

जिन्दगी-१

प्यासहरुको गीतमा
भोकहरुको संगीतमा
पसिनाका तरंगहरुको लयमा
हर्ष-विस्मातको संयुक्त तालमा
नाचिरहेछु
हाँसिरहेछु
रोइरहेछु
संघर्षका संवादहरुको पृष्ठभूमिमा
अभिनय गरिरहेछु
जहाँ एउटा अनौठो रंगमञ्च छ
जसको नाम हो-जिन्दगी।

जिन्दगी-२

ख्वाउँदै-ख्वाउँदै रहरहरुको लिटो
पिलाउँदै-पिलाउँदै चाहनाहरुको दूध
पुल्पुल्याउँदै-चुम्बन गर्दै
नचाउँदै-सजाउँदै हत्केलामा
फकाउँदै-फुल्याउँदै हरपल
आफ्नै काखमा लोहोरी सुनाउँदै-सुताउँदै
पालिरहेछु एउटा-बालक मृत्यु
जसको नाम हो-जिन्दगी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...