Thursday, 6 December 2018

लाली-किरण

लाली-किरण छाइसक्यो,उठौं साथीभाइ
खेलकुदको विकासमा जुटौं साथीभाइ
तन्दुरुस्त हुनुपर्छ ,बुझौं साथीभाइ
अल्छी गरी बस्नुहुन्न,कुदौं साथीभाइ।
उठौं साथीभाइ!जुटौं साथीभाइ
बुझौं साथीभाइ!कुदौं साथीभाइ।

दत्तचित्त भई खेल,बुद्धले भन्दैछ
रीस,राग सबै त्याग,गान्धीले भन्दैछ
काठमान्डु स्वागत गर्छ,दिल्ली,थिम्पु आऊ
कराँची,कोलोम्बो,ढाका,माले,काबुल आऊ।

बख्खु,दौरा-सुरुवाल,पटासीलाई सम्झी
टुङ्ना,डम्फू,मादलु र सारंगीलाई सम्झी
दशैं-तिहार,माघी,फागु,ल्होसार मनमा राखी
मारुनी र बालन संगै घाटु,सेब्रु नाची।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...