Sunday, 2 December 2018

आऊ साथी

आऊ साथी!मिली हामी किड्नी काटौं कसैको
केही गर्न सकिएन,~~~जीवन फाटौं कसैको।

जागिर पनि खाईएन,फन्टुस भइयो धेरै
गाँठवाला भेटिएमा,छोरी आँटौं कसैको।

अल्लो गल्ली,पल्लो गल्ली,कति डुली बस्नु खै
एउटा चोकमा जम्मा भई,दिमाग चाटौं कसैको।

सुसेलीले जिस्क्याएर, पट्टिएन तरुनी
देखावटी पिरतीको,डोरी बाटौं कसैको।

तस्करीमा संलग्न कोही,डाक्टर संग मिली
थाहै नदिई छोरा र ~~छोरी साटौं कसैको।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...