आक्रमक कदम चालेर देश बन्दैन नेताजी
गाडी तोडी टायर बालेर देश बन्दैन नेताजी।
मर्मत-संभार तथा नव-निर्माणमा जोड दिउँ
पुरानो संरचना ढालेर देश बन्दैन नेताजी।
क्रूर हुन्छन् तरवार-बन्दुक,गर्दैनन् दया-माया
फेरि पनि अस्त्र अंगालेर देश बन्दैन नेताजी।
अबुझ,सोझा हुँदैमा जन,मौकाको फाइदा लिन
साम्प्रदायिक विष हालेर देश बन्दैन नेताजी।
पाल्छौ भने पाल टुहुरा,अबोध बालबालिका
गुन्डा- नाइके,डन पालेर देश बन्दैन नेताजी।
No comments:
Post a Comment