Monday, 3 December 2018

चाक काटेर

नाक काटेर चाक टाल्ने काम ठीक नहोला
भएभरको साख फाल्ने काम ठीक नहोला।

खियासंग फलाम जितेको रेकर्ड कहाँ छ
मनमा धेरै राग पाल्ने काम ठीक नहोला।

खाना पाकेन भन्दै,दाउरा नहुँदा भान्सामा
कुर्सी तोडेर आग बाल्ने काम ठीक नहोला।

सक्छौ भने तिमी पनि सत्कर्ममा लाग आजै
मेरो कार्यमा भाँड हाल्ने काम ठीक नहोला।

दुई नाउमा पाइला टेकेर यात्रा सफल हुन्न
एकै-पटक लाख थाल्ने काम ठीक नहोला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...