Sunday, 23 December 2018

छेपारोको कथा

छेपारोको कथा भयो हाम्रो कथा पनि
अधुरोको अधुरै भो हाम्रो माया पनि
धेरै भयो,खेरै गयो,त्याग र तपस्या
भुसको आगो सल्के सरी सल्कियो समस्या।

पिरतीको ठूलो घर बनाउने सल्लाह भो
सल्लाह हल्ला आखिरीमा खरानीको डल्ला भो
समयको चक्र संगै रंग फेरी दियौ
बनाइएका योजना ती भंग गरी दियौ।

नेताजीको आश्वासन जस्तो भयो माया
सम्पत्तिमा दाँजी दिंदा सस्तो भयो माया
माया गर्नु,गर्छु भन्नु धेरै फरक रहेछ
दुर्घटना घटाउने माया घटक रहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...