Sunday, 16 December 2018

अर्गानिक तरकारी

आउनुहोस्-आउनुहोस्-आउनुहोस्
अर्गानिक तरकारी किन्नुहोस्-स्वस्थ रहनुहोस्!

आफ्नै स्वस्थ माटोमा उब्जिएको
गाउँघरमै निर्मित कम्पोस्ट मलमा हुर्किएको
प्राणघातक बिषादी बिल्कुल नमिसिएको
अर्गानिक तरकारी किन्नुहोस्-स्वस्थ रहनुहोस्।

पसिनाले सिंचिएको
अपनत्वको भावना छर्किएको
स्वाभिमान पोतिएको
आत्मनिर्भरता हालिएको
स्वरोजगारीको जगमा उभिएको
अर्गानिक तरकारी किन्नुहोस्-स्वस्थ रहनुहोस्।

प्यास मेटाउन पिएको छैन यसले सुईको पानी
बरु सहेको छ-प्राकृतिक असिना-पानी
भोक मेटाउन खाएको छैन-बिदेशी युरिया मल
सास फेर्न लिएको छैन-बिषालु ग्याँस
अर्गानिक तरकारी किन्नुहोस्-स्वस्थ रहनुहोस्।

हामी गरीब छैनौं-आर्थिक रुपले
बरु हामी गरीब छौं-मानसिक रुपले
तसर्थ-दुई रुपियाँ बढी तिर्नुहोस्
दश बर्ष बढी जिउनुहोस्
अर्गानिक तरकारी किन्नुहोस्-स्वस्थ रहनुहोस्।

मेरा तरकारीहरु
आकारले साना होलान्
तर फाइदा ठूला छन्
अर्गानिक तरकारी किन्नुहोस्-स्वस्थ रहनुहोस्।

सस्तो तर बिषादीयुक्त तरकारी खाएर
रोगहरुको आगमनलाई स्वागत गरेर
तरकारीको मूल्य भन्दा सयौं गुणाको उपचार गर्ने की
रोग आउनु पूर्व नै कालो झन्डा देखाएर भगाउने?
रोजाइ तपाईंको।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...