डिक्च्याउँ डिक्च्याउँ गोली चल्यो माया पिरतीको
मुटु मेरो प्वालै पार्यो,हुँदैन की निको
लुटी लग्यो सबै मेरो चैन जिन्दगीको।
युद्ध लड्न सकिएन,कमजोर मुटु बोकी
प्रेम-पालुवा निमोठियो,खाई टोकी टोकी
बन्दुकमा गोली सकी,नपड्केको हो की
के भयो खै यो मलाई,हुन थालें रोगी।
युद्धविराम गरौं भने नामर्द पो भन्ला
बाँझो सम्झी कोदालीले ग्वाम ग्वाम खन्ला
खडेरीले खेत जस्तै चिरा चिरा पर्ला
मलाई छोडी अर्कैसंग इल्लु इल्लु गर्ला।
No comments:
Post a Comment