दृश्य चित्रण
मरुभूमिमा बित्दछन् दिन,दु:ख र पीडामा
आँखामा आँशु बोकेर सदा,वेदना हियामा
खुशीले बसाइँ सारेको हुन्छ महिनौं दिनदेखि
निशाले डेरा जमाइ बस्छ,भगाई उजेली।
मरुभूमिमा बित्दछन् दिन,दु:ख र पीडामा
आँखामा आँशु बोकेर सदा,वेदना हियामा
खुशीले बसाइँ सारेको हुन्छ महिनौं दिनदेखि
निशाले डेरा जमाइ बस्छ,भगाई उजेली।
पसिना जम्मा गरेको भए समुद्र बन्थ्यो की
भिजेको लुगा कसैले देखे बर्षात भन्थ्यो की
सुकाएपछि घाममा चर्को,सफेद देखिन्छ
अधिक जाँदा पसिनासंगै क्याल्सियम सकिन्छ।
भिजेको लुगा कसैले देखे बर्षात भन्थ्यो की
सुकाएपछि घाममा चर्को,सफेद देखिन्छ
अधिक जाँदा पसिनासंगै क्याल्सियम सकिन्छ।
नामर्द पनि सक्दछ हुन,राप र तापले
सजाय भोग्नु,परेको होला,कैलेको पापले
भिटामिन छैन,खानामा पनि,निरीह भैदिन्छ
सिंचाइ बिना,बिरुवा जस्तो,खक्रक्क भैदिन्छ।
सजाय भोग्नु,परेको होला,कैलेको पापले
भिटामिन छैन,खानामा पनि,निरीह भैदिन्छ
सिंचाइ बिना,बिरुवा जस्तो,खक्रक्क भैदिन्छ।
गाउँले कोही,भएमा भेट,चिनिन्न अवश्य
सानीले फोटो,चिन्दिनन् देखे,घरकै सदस्य
मोटो र घाटो,पहिले थियो,अहिले पातलो
क्षयरोग लागे,देखिन्छ जस्तो,बाँसझैं सुरिलो।
सानीले फोटो,चिन्दिनन् देखे,घरकै सदस्य
मोटो र घाटो,पहिले थियो,अहिले पातलो
क्षयरोग लागे,देखिन्छ जस्तो,बाँसझैं सुरिलो।
गढेका आँखा,गालामा चाउरी,छाती छ सुकेको
फुकेको थियो,खाइलाग्दो ज्यान,कता छ लुकेको
चामलको सिता,नपा'को खान,महिनौं भैसक्यो
कुखुरा,खसी,भैंसीको मासु,बिरानो भैसक्यो।
फुकेको थियो,खाइलाग्दो ज्यान,कता छ लुकेको
चामलको सिता,नपा'को खान,महिनौं भैसक्यो
कुखुरा,खसी,भैंसीको मासु,बिरानो भैसक्यो।
नेपाली खाना,नेपाली स्वाद,बिर्सियो सर्लक्कै
ज्यानमा रोग अनेक थरी,बढ्दैछन् हर्लक्कै
बखत कुनै,सक्दछ ढल्न,शरीर पुर्लुक्कै
निर्मला,सानी सक्दछन् डुब्न,दु:खमा चुर्लुम्मै।
ज्यानमा रोग अनेक थरी,बढ्दैछन् हर्लक्कै
बखत कुनै,सक्दछ ढल्न,शरीर पुर्लुक्कै
निर्मला,सानी सक्दछन् डुब्न,दु:खमा चुर्लुम्मै।
पिशाच,भूत देखिन्छ ठ्याक्कै,ख्याउटे शरीर
अन्यत्रै लोक,बसाइँ गर्ने,सजीव प्रतीत
पुरानो झुत्रो,कपडा लाउँछ,हुँदैन नूतन
हालत उसको देखेर कठै,लजाउँछ गगन।
अन्यत्रै लोक,बसाइँ गर्ने,सजीव प्रतीत
पुरानो झुत्रो,कपडा लाउँछ,हुँदैन नूतन
हालत उसको देखेर कठै,लजाउँछ गगन।
तर्साइदिन्छन्,बिषालु बिच्छी,मुसा र सर्पले
हैरान पार्छ,बेचैन पार्छ,अभागी कर्मले
विहानीपख भैदिनुपर्ने उँठको गोठालो
बेलुकीपख भैदिनुपर्ने भेडाको गोठालो।
हैरान पार्छ,बेचैन पार्छ,अभागी कर्मले
विहानीपख भैदिनुपर्ने उँठको गोठालो
बेलुकीपख भैदिनुपर्ने भेडाको गोठालो।
कसले देख्नु,कसले बुझ्नु,पीडा र व्यथा यो
अभागी खप्पर,ठक्करै ठक्कर,यथार्थ कथा हो
बालुवा भित्र,यत्तिकै छोडे,अण्डा नै पाक्छ याँ
जवान,काँचो जिन्दगी पनि फतक्क थाक्छ याँ।
अभागी खप्पर,ठक्करै ठक्कर,यथार्थ कथा हो
बालुवा भित्र,यत्तिकै छोडे,अण्डा नै पाक्छ याँ
जवान,काँचो जिन्दगी पनि फतक्क थाक्छ याँ।
देवता मान्छन् सुरजलाई,हाम्रो यो देशमा
गलाउँछ त्यही देवले यहाँ बिरानो देशमा
चन्द्रमा मात्र दु:खको साथी,शित्तल रातमा
मिर्मिरे हुँदै,हुँदैन केही,दु:खीको साथमा।
गलाउँछ त्यही देवले यहाँ बिरानो देशमा
चन्द्रमा मात्र दु:खको साथी,शित्तल रातमा
मिर्मिरे हुँदै,हुँदैन केही,दु:खीको साथमा।
उज्यालो हुँदै दु:खको चक्र घुम्दछ फनफनी
शिशाझैं फुट्छ,हजारौं टुक्रा,कोमल मन पनि
कहिले रात पर्ला झैं हुन्छ,यहाँको जीवलाई
घाउमा मल्हम लगाए जस्तो,भैदिन्छ छिनलाई।
शिशाझैं फुट्छ,हजारौं टुक्रा,कोमल मन पनि
कहिले रात पर्ला झैं हुन्छ,यहाँको जीवलाई
घाउमा मल्हम लगाए जस्तो,भैदिन्छ छिनलाई।
गाडीको ब्याट्री खराब हुन्छ,भएर पुरानो
नपाई चार्ज,मोबाइल पनि,बेकामे बिरानो
मालिकलाई आग्रह गर्दा,कहिल्यै सुनेन
नोकरलाई नजिकबाट कहिल्यै बुझेन।
नपाई चार्ज,मोबाइल पनि,बेकामे बिरानो
मालिकलाई आग्रह गर्दा,कहिल्यै सुनेन
नोकरलाई नजिकबाट कहिल्यै बुझेन।
आवतजावत हुँदैन फोन,सम्पर्क बिच्छेद
सापटी माग्दा मालिक संग,दिंदैन निमेष
हालखबर,सक्दैन बुझ्न,घरमा कस्तो छ
बुझाई चित्त,बस्दिनुपर्ने,जे-जे छ,जस्तो छ।
सापटी माग्दा मालिक संग,दिंदैन निमेष
हालखबर,सक्दैन बुझ्न,घरमा कस्तो छ
बुझाई चित्त,बस्दिनुपर्ने,जे-जे छ,जस्तो छ।
सानीको स्वर,नपाई सुन्न,अधिक पीडित
अफिस-पोस्ट,पाईन्न जान,पठाउन लिखित
एकाइसौं पत्र,लेखेको हुन्छ,दु:खदै दु:खद
थन्केर बस्छन् झुपडी भित्रै हरेक बखत।
अफिस-पोस्ट,पाईन्न जान,पठाउन लिखित
एकाइसौं पत्र,लेखेको हुन्छ,दु:खदै दु:खद
थन्केर बस्छन् झुपडी भित्रै हरेक बखत।
ऊँठको गर्जन,भेडाको भ्याभ्या,सुनेरै दिन बित्छन्
मनको वह,दिमागसम्म पुगेरै थन्किन्छ्न्
चर्केको छाती,दुखेको मुटु,कसरी सम्हाल्नु
छर्पष्ट हुन्छन् सपना सारा,कसरी संगाल्नु।
मनको वह,दिमागसम्म पुगेरै थन्किन्छ्न्
चर्केको छाती,दुखेको मुटु,कसरी सम्हाल्नु
छर्पष्ट हुन्छन् सपना सारा,कसरी संगाल्नु।
आँखामा चश्मा,शीरमा टोपी,गलामा मजेत्रो
हिंडेर जाँदा बिलाउँछन् बीचै,जीवनको गोरेटो
कुहिरो-काग,आनन्दित होला,चुमेर आकाश
नभए पनि बिशेष लक्ष्य,रमेर विन्दास।
हिंडेर जाँदा बिलाउँछन् बीचै,जीवनको गोरेटो
कुहिरो-काग,आनन्दित होला,चुमेर आकाश
नभए पनि बिशेष लक्ष्य,रमेर विन्दास।
पिंजडा भित्र,बसेको चरी,होला की हर्षित
खाएर कावा,रहर उड्ने,भए नि दमित
नहोला कुनै तनाब त्यहाँ,शारीरिक मानसिक
व्यवहार गर्दा नहोला खेद,जसरी पाशविक।
खाएर कावा,रहर उड्ने,भए नि दमित
नहोला कुनै तनाब त्यहाँ,शारीरिक मानसिक
व्यवहार गर्दा नहोला खेद,जसरी पाशविक।
पशुको भन्दा माथिल्लो स्तर कसरी भन्नु खै
मान्छेलाई हुन्छ,मान्छेकै भर,कसरी भन्नु खै
मानवै मान्छे,दानवै मान्छे,यसरी बुझौं की
क्याल्कुलेटर नलिई मनले हिसाब गरौं की।
मान्छेलाई हुन्छ,मान्छेकै भर,कसरी भन्नु खै
मानवै मान्छे,दानवै मान्छे,यसरी बुझौं की
क्याल्कुलेटर नलिई मनले हिसाब गरौं की।
धरामै हुन्छ,मानिस कोही,तैपनि हराउँछ
निर्जन ठाउँमा एकलै कतै,रोइदिने गराउँछ
अस्तित्व भए कसले देख्यो,प्रमाण केही छ?
बाँचेको भए,मरेर जिउने,कारण केही छ?
निर्जन ठाउँमा एकलै कतै,रोइदिने गराउँछ
अस्तित्व भए कसले देख्यो,प्रमाण केही छ?
बाँचेको भए,मरेर जिउने,कारण केही छ?
मान्छेको साथी हुन्छ की हुन्न,भन्दछ कसले
जीवनसाथी हुन्छ की हुन्न,जान्दछ कसले
मान्छेको मन हुन्छ की हुन्न,बुझ्दछ कसले
मान्छेको दिल,दुख्छ की नाइँ,सोच्दछ कसले?
जीवनसाथी हुन्छ की हुन्न,जान्दछ कसले
मान्छेको मन हुन्छ की हुन्न,बुझ्दछ कसले
मान्छेको दिल,दुख्छ की नाइँ,सोच्दछ कसले?
पशुको लागि भ्याक्सिन हुन्छ,मान्छेलाई चाहिन्न
पशुको लागि पाईन्छ चर्न,मान्छेलाई पाईन्न
स्याहार-सुसार,पर्दछ गर्नु,मान्छेलाई पर्दैन
पशुको भन्दा मानिस तल्लो,फरक पर्दैन।
पशुको लागि पाईन्छ चर्न,मान्छेलाई पाईन्न
स्याहार-सुसार,पर्दछ गर्नु,मान्छेलाई पर्दैन
पशुको भन्दा मानिस तल्लो,फरक पर्दैन।
उसलाई पनि बेचेकै थियो,फरक परेन
उसलाई पनि किनेकै थियो,फरक परेन
उसलाई पनि कुटेकै हुन्छ,फरक पर्दैन
उसलाई पनि चुटेकै हुन्छ,फरक पदैन।
उसलाई पनि किनेकै थियो,फरक परेन
उसलाई पनि कुटेकै हुन्छ,फरक पर्दैन
उसलाई पनि चुटेकै हुन्छ,फरक पदैन।
सुतेर उठ्दा विहानीपख,कुकुर भुक्दैछन्
ती ऊँठहरु यता र उता उफ्रेर कुद्दैछन्
ती भेडाहरु अलग्गै गरी कराउँदै छन् आज
अरुदिन भन्दा बिशेष भान गराउँदै छन् आज।
ती ऊँठहरु यता र उता उफ्रेर कुद्दैछन्
ती भेडाहरु अलग्गै गरी कराउँदै छन् आज
अरुदिन भन्दा बिशेष भान गराउँदै छन् आज।
उत्सुक हुँदै,मिचेर आँखा,निस्कन्छ बाहिर
एउटा ऊँठ लडेको देख्दा,हुलको पर्तिर
हतास हुँदै दौडिंदै गई,नियाल्न थाल्दछ
त्यो परिवेशले उसको ज्यान फतक्क गाल्दछ।
एउटा ऊँठ लडेको देख्दा,हुलको पर्तिर
हतास हुँदै दौडिंदै गई,नियाल्न थाल्दछ
त्यो परिवेशले उसको ज्यान फतक्क गाल्दछ।
उतानो परी ढलेको हुन्छ,मदमस्त सुते झैं
लाग्दछ शंका,सायद ऊँठको,सास नै टुटे झैं
सुस्तरी छाम्छ,सुम्सुम्याउँछ,थप्पड मार्दछ
नउठ्दा ऊँठ,भयभीत हुँदै तरल झार्दछ।
लाग्दछ शंका,सायद ऊँठको,सास नै टुटे झैं
सुस्तरी छाम्छ,सुम्सुम्याउँछ,थप्पड मार्दछ
नउठ्दा ऊँठ,भयभीत हुँदै तरल झार्दछ।
झक्झकाउँछ,हलाईदिन्छ,क्यै सीप चल्दैन
रामेका हात बहुत चले,त्यो ऊँठ चल्दैन
नाकमा हात लगेर हेर्छ,सास पनि चल्दैन
मरेको जन्तु बाँचेर उठ्ने आश पनि चल्दैन।
रामेका हात बहुत चले,त्यो ऊँठ चल्दैन
नाकमा हात लगेर हेर्छ,सास पनि चल्दैन
मरेको जन्तु बाँचेर उठ्ने आश पनि चल्दैन।
डेक्चीमा पानी थापेर ल्याई,मुखमा खन्याउँछ
कहिले ढाड,कहिले चाक,बारम्बार कन्याउँछ
एकोहोरो आँखा,ढाडेको पेट,चिसेको शरीर
भएको हुन्छ निर्जीव बस्तु,अचल,अस्थिर।
कहिले ढाड,कहिले चाक,बारम्बार कन्याउँछ
एकोहोरो आँखा,ढाडेको पेट,चिसेको शरीर
भएको हुन्छ निर्जीव बस्तु,अचल,अस्थिर।
रामे(मनोवाद)
गुहार!फिउ!कोही छ कतै,मद्दत गर्नलाई?
साहुले मार्छ,बचाउँछु ऊँठ,नदिने मर्नलाई
बर्बाद भएँ,सर्वस्व गुम्यो,अब के गर्ने हो
नसोच्या भयो,कसरी ठूलो समस्या टर्ने हो?
गुहार!फिउ!कोही छ कतै,मद्दत गर्नलाई?
साहुले मार्छ,बचाउँछु ऊँठ,नदिने मर्नलाई
बर्बाद भएँ,सर्वस्व गुम्यो,अब के गर्ने हो
नसोच्या भयो,कसरी ठूलो समस्या टर्ने हो?
मै मरे हुन्थ्यो,मरेछ ऊँठ,जिउँदै मरे भो
छोड्दैन उसले,जानेरै बरु खाल्डोमा परे भो
त्यसै त ठाडै,खोज्दछ निल्न,अब के हुने हो
मरणासन्न हुने नै गरी बेस्मारी कुट्ने भो।
छोड्दैन उसले,जानेरै बरु खाल्डोमा परे भो
त्यसै त ठाडै,खोज्दछ निल्न,अब के हुने हो
मरणासन्न हुने नै गरी बेस्मारी कुट्ने भो।
भागेर जाऊँ,कसरी जाऊँ,तरीका था छैन
जसरी हुन्छ,दानव बाट नभागी भा छैन
अहिलेसम्म तलब पनि आएको त छैन
बनाई निहुँ,यसैमा कतै,नदिने त हैन?
जसरी हुन्छ,दानव बाट नभागी भा छैन
अहिलेसम्म तलब पनि आएको त छैन
बनाई निहुँ,यसैमा कतै,नदिने त हैन?
नकुटे हुन्थ्यो,तलब बरु,माया नै मारुँला
एकदिन दुख्ला,दुईदिन दुख्ला,त्यो पनि सहुँला
मारेर फाले कसले देख्नु,यो मरुभूमिमा?
फर्केर जान नपाए कतै,त्यो जन्मभूमिमा!
एकदिन दुख्ला,दुईदिन दुख्ला,त्यो पनि सहुँला
मारेर फाले कसले देख्नु,यो मरुभूमिमा?
फर्केर जान नपाए कतै,त्यो जन्मभूमिमा!
जे पर्ला-पर्ला,टरेर जाला,रोएर के गर्नु?
फाइदा बिना,आँशुले मुख धोएर के गर्नु
मरी त सक्यो,यो ऊँठलाई छोएर के गर्नु
भागेर पनि गन्तव्य छैन,भागेर के गर्नु?
फाइदा बिना,आँशुले मुख धोएर के गर्नु
मरी त सक्यो,यो ऊँठलाई छोएर के गर्नु
भागेर पनि गन्तव्य छैन,भागेर के गर्नु?
दृश्य चित्रण
आकाशतिर हेरिरहेछ ऊँठले टुलुलु
बिस्तारै गन्ध आउन थाल्छ,नमिठो हुलुलु
जिउँदा ऊँठ घेरेर बस्छन्,मृतलाई देखेर
एउटा ऊँठ खसाल्छ आँशु र्क्वार्क्वाती हेरेर।
आकाशतिर हेरिरहेछ ऊँठले टुलुलु
बिस्तारै गन्ध आउन थाल्छ,नमिठो हुलुलु
जिउँदा ऊँठ घेरेर बस्छन्,मृतलाई देखेर
एउटा ऊँठ खसाल्छ आँशु र्क्वार्क्वाती हेरेर।
फुकाउन मन लाग्दैन ऊँठ,घाँस हाल्छ सुकेको
कसुर बिना पहिलोपटक,रामे छ चुकेको
खनेर खाल्डो,लुकाउन मन लाग्दछ एकफेर
"नखाको बिख लाग्दैन"भन्छ धेरैबेर सोचेर।
कसुर बिना पहिलोपटक,रामे छ चुकेको
खनेर खाल्डो,लुकाउन मन लाग्दछ एकफेर
"नखाको बिख लाग्दैन"भन्छ धेरैबेर सोचेर।
मनन पछि यत्तिकै छोड्ने निर्णय गर्दछ
के दोष उसको,सजीव बस्तु कालले मर्दछ
सकेर धन्दा,साहुको बाटो,हेरेर बिताउँछ
अनेक सोची,बेचैनी सास फेरेर बिताउँछ।
के दोष उसको,सजीव बस्तु कालले मर्दछ
सकेर धन्दा,साहुको बाटो,हेरेर बिताउँछ
अनेक सोची,बेचैनी सास फेरेर बिताउँछ।
नखाईकन,नपिईकन,बस्दछ टोलाई
थकित ज्यान,गलित आशा,नयन लोलाई
प्रचण्ड गर्मी भएर पनि उसलाई पोल्दैन
भङ्गालो जान्छ,पसिना निस्की,कपडा खोल्दैन।
थकित ज्यान,गलित आशा,नयन लोलाई
प्रचण्ड गर्मी भएर पनि उसलाई पोल्दैन
भङ्गालो जान्छ,पसिना निस्की,कपडा खोल्दैन।
न भोक छैन,न तिर्खा छैन,निर्जीव बस्तु झैं
ओरालो बग्छ पीडित मन,गंगामा अस्तु झैं
रेक्टर आठ,भुकम्प आउँछ,काम्दछ थरर
वलेसी सरी आँखाको डिलमा खस्दछ बरर।
ओरालो बग्छ पीडित मन,गंगामा अस्तु झैं
रेक्टर आठ,भुकम्प आउँछ,काम्दछ थरर
वलेसी सरी आँखाको डिलमा खस्दछ बरर।
प्रतिक्षा पछि दिउँसो तिर मालिक झुल्किन्छ
पहिलो प्रहर खबर दिन खुरुरु दौडिन्छ
रामेको चाल,देखेर द्रुत,मानेर अचम्म
अरबी पनि लम्केर पुग्छ,आखिर ऊ सम्म।
पहिलो प्रहर खबर दिन खुरुरु दौडिन्छ
रामेको चाल,देखेर द्रुत,मानेर अचम्म
अरबी पनि लम्केर पुग्छ,आखिर ऊ सम्म।
अलिक बेर फुर्दैन बोली,अधिक भयले
जुटाई आँट,बयान गर्छ,विनम्र लयले
नरोकीकन,सासमा एकै,वृतान्त सुनायो
सुनेर कुरा,नसोची केही,गालामा पड्कायो।
जुटाई आँट,बयान गर्छ,विनम्र लयले
नरोकीकन,सासमा एकै,वृतान्त सुनायो
सुनेर कुरा,नसोची केही,गालामा पड्कायो।
मालिक(अरबी भाषा)
ह्यामर,क्याल्प,गनम किदा,मल् इन्ता मुख-माफी
सुकुल क्वेश,माफीमालुम,अकिल फी इजी
रतिप मातिक,अकिल मातिक,इन्ता फी खरबान
तलाता सना,सफर माफी,इन्ता फी हाइवान।
ह्यामर,क्याल्प,गनम किदा,मल् इन्ता मुख-माफी
सुकुल क्वेश,माफीमालुम,अकिल फी इजी
रतिप मातिक,अकिल मातिक,इन्ता फी खरबान
तलाता सना,सफर माफी,इन्ता फी हाइवान।
उल्था(नेपाली)
कुकुर,गधा,भेडा नै जस्तो,रै'नछ दिमाग
असल कार्य,आउन्न गर्न,खान चैं आउँछ
तलब दिन्न,भोजन दिन्न,तँ होस खराब
तीनवटा बर्ष,जान नि दिन्न,तँ होस राक्षस।
कुकुर,गधा,भेडा नै जस्तो,रै'नछ दिमाग
असल कार्य,आउन्न गर्न,खान चैं आउँछ
तलब दिन्न,भोजन दिन्न,तँ होस खराब
तीनवटा बर्ष,जान नि दिन्न,तँ होस राक्षस।
दृश्य चित्रण
लात्तीले हान्छ,भुर्लुक्क लड्छ,पल्टिन्छ भुइँमा
लट्ठीले दिन्छ,निर्ममपूर्वक,ती पाउ दुईमा
कड्किन्छ अत्ति,दिएर गाली,प्रहार शीरमा
रगत बग्छ,बगे झैं पानी,नदीको तीरमा।
लात्तीले हान्छ,भुर्लुक्क लड्छ,पल्टिन्छ भुइँमा
लट्ठीले दिन्छ,निर्ममपूर्वक,ती पाउ दुईमा
कड्किन्छ अत्ति,दिएर गाली,प्रहार शीरमा
रगत बग्छ,बगे झैं पानी,नदीको तीरमा।
मनमा थोरै देखिन्न दया,बनाउँछ मर्माहत
थिल्थिलो हुन्छ,रामेको तन,गोदेर भकाभक
प्रहरी छैन,त्याँ छैन चौकी,न न्याय,अदालत
पीडितको पक्ष लिएर कसले गर्थ्यो र वकालत?
थिल्थिलो हुन्छ,रामेको तन,गोदेर भकाभक
प्रहरी छैन,त्याँ छैन चौकी,न न्याय,अदालत
पीडितको पक्ष लिएर कसले गर्थ्यो र वकालत?
रेटेर मार्ने,दिंदैछ धम्की,निरीह प्राणीलाई
चुनौती कसले,सक्नु र दिन,घटिना जातीलाई
भुसुना सम्म गन्दैन मान्छे,निर्दयी उसले
उसैले जित्छ,पाईन्न न्याय,मार्दछ जसले।
चुनौती कसले,सक्नु र दिन,घटिना जातीलाई
भुसुना सम्म गन्दैन मान्छे,निर्दयी उसले
उसैले जित्छ,पाईन्न न्याय,मार्दछ जसले।
ठड्याई औंला,धमास दिन्छ,अशुभ संकेत
विश्वास छैन,सक्दछन् गर्न,उसले अनेक
भालुको कान समाए जस्तो,दोधारे अवस्था
सकिन्न बस्न,सकिन्न छोड्न,डामाडोल व्यवस्था।
विश्वास छैन,सक्दछन् गर्न,उसले अनेक
भालुको कान समाए जस्तो,दोधारे अवस्था
सकिन्न बस्न,सकिन्न छोड्न,डामाडोल व्यवस्था।
बन्दुक झिकी,भरेर गोली,खेल्दछ सिकार
हान्ला की भनी,त्रसित हुन्छ,निकाल्छ चित्कार
अभिष्ट के हो,सकिन्न बुझ्न,सिकार खेल्नुको
सक्दछ हुन,डराई-धम्काई,रहस्य पेल्नुको।
हान्ला की भनी,त्रसित हुन्छ,निकाल्छ चित्कार
अभिष्ट के हो,सकिन्न बुझ्न,सिकार खेल्नुको
सक्दछ हुन,डराई-धम्काई,रहस्य पेल्नुको।
लागेर गोली,घाइते भई,उम्केको मृग झैं
बिक्षिप्त भई,आतंकित भई,सहन्छ कष्ट नै
बिरालोबाट भागेर गा'को कम्जोर मुसा झैं
चितुवाबाट उम्केर गा'को निरीह पाठा झैं।
बिक्षिप्त भई,आतंकित भई,सहन्छ कष्ट नै
बिरालोबाट भागेर गा'को कम्जोर मुसा झैं
चितुवाबाट उम्केर गा'को निरीह पाठा झैं।
घाइते पारी नोकरलाई मालिक अस्ताउँछ
चल्दैन ज्यान पहिले जस्तो,दर्दले सताउँछ
मरेको ऊँठ,दुर्गन्ध फाल्छ,ह्वाश्वास्ती गन्हाउँछ
सहेर चोट,बाध्यताबश जिउने बनाउँछ।
चल्दैन ज्यान पहिले जस्तो,दर्दले सताउँछ
मरेको ऊँठ,दुर्गन्ध फाल्छ,ह्वाश्वास्ती गन्हाउँछ
सहेर चोट,बाध्यताबश जिउने बनाउँछ।
तलब बिना,भोजन बिना,समय बिताउँदा
बिक्षिप्त तन बिसेक हुन्छ,महिना कटाउँदा
ऊँठकै दूध पिएर जीवन गुजार्न थाल्दछ
कुहेको ऊँठ,उठाइकन,खाल्डोमा हाल्दछ।
बिक्षिप्त तन बिसेक हुन्छ,महिना कटाउँदा
ऊँठकै दूध पिएर जीवन गुजार्न थाल्दछ
कुहेको ऊँठ,उठाइकन,खाल्डोमा हाल्दछ।
आउँछ जान्छ,हरामी साहु,दिनहुँ त्यत्तिकै
शालीन नभई हिंस्रक हुन्छ हिटलर जत्तिकै
सिमाना नाघ्छ,असह्य हुन्छ,अन्याय सहन
हालत कुनै,उप्रान्त त्यहाँ,सकिन्न रहन।
शालीन नभई हिंस्रक हुन्छ हिटलर जत्तिकै
सिमाना नाघ्छ,असह्य हुन्छ,अन्याय सहन
हालत कुनै,उप्रान्त त्यहाँ,सकिन्न रहन।
अनेक सोची विकल्प खोज्छ,योजना बनाउँछ
छोडेर सुत्न,मध्यरातमा सर्वत्र धाउँछ
दुईघण्टा हिंड्दा,एकान्त ठाउँमा गोठनै पाउँछ
नेपाली हुन्छन् कामदार त्यहाँ,सम्पूर्ण बताउँछ।
छोडेर सुत्न,मध्यरातमा सर्वत्र धाउँछ
दुईघण्टा हिंड्दा,एकान्त ठाउँमा गोठनै पाउँछ
नेपाली हुन्छन् कामदार त्यहाँ,सम्पूर्ण बताउँछ।
रामे
रहेछौ आफ्नै नेपाली भाइ,म अति खुशी छु
यातना पाई प्रत्येक दिन,अत्यन्तै दु:खी छु
तलब दिन्न,भोजन दिन्न,म कति भोको छु
सम्झेर घर,छोडेर डाँको,म कति रो'को छु।
रहेछौ आफ्नै नेपाली भाइ,म अति खुशी छु
यातना पाई प्रत्येक दिन,अत्यन्तै दु:खी छु
तलब दिन्न,भोजन दिन्न,म कति भोको छु
सम्झेर घर,छोडेर डाँको,म कति रो'को छु।
प्रदीप
सहनु हुन्न,अन्याय कति,विद्रोह गर दाइ
आपत पर्दा,नेपाली जुट्छ,छन् तिम्रा दाजुभाइ
सुख त छैन,उस्तै छ काम,थोरै छ तलब
भेडा र ऊँठ चराइ बस्ने,यस्तै छ हालत।
सहनु हुन्न,अन्याय कति,विद्रोह गर दाइ
आपत पर्दा,नेपाली जुट्छ,छन् तिम्रा दाजुभाइ
सुख त छैन,उस्तै छ काम,थोरै छ तलब
भेडा र ऊँठ चराइ बस्ने,यस्तै छ हालत।
रामे
महिना मर्दा तलब दिए,बिर्सिन्छ कष्ट नि
असल भए मालिक त्यति,बस्ने थें म पनि
नरक छोडी,खोजेर मार्ग,भाग्नुछ जसरी
थाहा छ भने बताइदेऊ,भाग्ने हो कसरी?
महिना मर्दा तलब दिए,बिर्सिन्छ कष्ट नि
असल भए मालिक त्यति,बस्ने थें म पनि
नरक छोडी,खोजेर मार्ग,भाग्नुछ जसरी
थाहा छ भने बताइदेऊ,भाग्ने हो कसरी?
प्रदीप
नलिनु पीर,नम्बर -फोन,छ यौटा ड्राइभर
अल्जुफ देखि दमाम सम्म चलाउँछ ट्रेलर
लिएर पैसा पान्सय धिराम,भगाउँछ उसले
रहनु ढुक्क,नडराइकन,लुकाउँछ उसले।
नलिनु पीर,नम्बर -फोन,छ यौटा ड्राइभर
अल्जुफ देखि दमाम सम्म चलाउँछ ट्रेलर
लिएर पैसा पान्सय धिराम,भगाउँछ उसले
रहनु ढुक्क,नडराइकन,लुकाउँछ उसले।
रामे
मसंग सुक्को रकम छैन,कसरी तिर्ने हो
कपडा पनि ल्याएको छैन,कसरी फिर्ने हो
सापटी दिनु,कसरी हुन्छ,तिर्नेछु जसरी
सम्पर्क पनि गरेर दिनु,जानेछु जसरी।
मसंग सुक्को रकम छैन,कसरी तिर्ने हो
कपडा पनि ल्याएको छैन,कसरी फिर्ने हो
सापटी दिनु,कसरी हुन्छ,तिर्नेछु जसरी
सम्पर्क पनि गरेर दिनु,जानेछु जसरी।
प्रदीप
पैसाको चिन्ता नगर तिमी,मिलाइ दिनेछौं
दुईदिन पछि आउनु यहीं,भेट्टाइ दिनेछौं
तयारी भई आउनु तिमी,लगाई दिमाग
साहुले थाहा पाउँला फेरि,दिउँसो नभाग।
पैसाको चिन्ता नगर तिमी,मिलाइ दिनेछौं
दुईदिन पछि आउनु यहीं,भेट्टाइ दिनेछौं
तयारी भई आउनु तिमी,लगाई दिमाग
साहुले थाहा पाउँला फेरि,दिउँसो नभाग।
रामे
पर्सीको रात,बखत यहीं,आउनेछु म फेरि
भाग्नुनै पर्छ,दायाँ र बायाँ नसोची,नहेरी
लाएको गुन बिर्सने छैन,जिन्दगी भरीमा
सुखको छाता पाउने भएँ,दु:खको झरीमा।
पर्सीको रात,बखत यहीं,आउनेछु म फेरि
भाग्नुनै पर्छ,दायाँ र बायाँ नसोची,नहेरी
लाएको गुन बिर्सने छैन,जिन्दगी भरीमा
सुखको छाता पाउने भएँ,दु:खको झरीमा।
प्रदीप
एकलाई पर्दा,गर्नुनै पर्छ,अर्काले मद्दत
मानव भई,मान्छेको मर्म,बुझ्दिनु पर्दछ
मलाई भोलि आपत पर्दा तिमीले सम्झिनु
नेपालीलाई समस्या पर्दा मद्दत गर्दिनु।
एकलाई पर्दा,गर्नुनै पर्छ,अर्काले मद्दत
मानव भई,मान्छेको मर्म,बुझ्दिनु पर्दछ
मलाई भोलि आपत पर्दा तिमीले सम्झिनु
नेपालीलाई समस्या पर्दा मद्दत गर्दिनु।
रामे
मानवता अझै मरेको छैन,जीवित रहेछ
परन्तु असल मानिस अति सीमित रहेछ
सिद्धान्त तिम्रो उत्तम लाग्यो,गर्दछु सलाम
सोचले यस्तै,सुखमा हुन्छन्,नेपाली तमाम।
मानवता अझै मरेको छैन,जीवित रहेछ
परन्तु असल मानिस अति सीमित रहेछ
सिद्धान्त तिम्रो उत्तम लाग्यो,गर्दछु सलाम
सोचले यस्तै,सुखमा हुन्छन्,नेपाली तमाम।
प्रदीप
बनाउनुपर्छ संसारै भरी मायाको संजाल
नहुँदा पैसा,मनुज कोही,नमरून् अकाल
खाडल बाट उद्धार गर्नु मानव धर्म हो
अपांगलाई वैशाखी दिनु महान कर्म हो।
बनाउनुपर्छ संसारै भरी मायाको संजाल
नहुँदा पैसा,मनुज कोही,नमरून् अकाल
खाडल बाट उद्धार गर्नु मानव धर्म हो
अपांगलाई वैशाखी दिनु महान कर्म हो।
रामे
अहिले जान्छु,गएर धेरै तयारी गर्नुछ
गहिरो घाउको खाल्डोमा धेरै ओखती भर्नुछ
दुईचार वटा भेडा र ऊँठ छप्काइ राख्नुछ
सुतेछु धेरै,गर्नुछ धेरै,अब त जाग्नुछ।
अहिले जान्छु,गएर धेरै तयारी गर्नुछ
गहिरो घाउको खाल्डोमा धेरै ओखती भर्नुछ
दुईचार वटा भेडा र ऊँठ छप्काइ राख्नुछ
सुतेछु धेरै,गर्नुछ धेरै,अब त जाग्नुछ।
प्रदीप
नहुनु मुर्ख,आवेग हैन,बुद्धिको खाँचो छ
खहरे हैन,शालीन भित्र,तालाको साँचो छ
जस्ताको तस्तै भएर बस्नु,समय पर्खिनु
रीसले हुन्न,सफल हुन,दिमाग खर्चिनु।
नहुनु मुर्ख,आवेग हैन,बुद्धिको खाँचो छ
खहरे हैन,शालीन भित्र,तालाको साँचो छ
जस्ताको तस्तै भएर बस्नु,समय पर्खिनु
रीसले हुन्न,सफल हुन,दिमाग खर्चिनु।
रामे
नहुँदा बुद्धी,यो जिन्दगीमा,दु:खमै रमाएँ
समस्या भित्र डुबुल्की मारी वेदना कमाएँ
गोरेटो सिधा हिंडेर धेरै आपत झेल्दैछु
यसरी हुन्न रहेछ भाइ,म खेल खेल्दैछु।
नहुँदा बुद्धी,यो जिन्दगीमा,दु:खमै रमाएँ
समस्या भित्र डुबुल्की मारी वेदना कमाएँ
गोरेटो सिधा हिंडेर धेरै आपत झेल्दैछु
यसरी हुन्न रहेछ भाइ,म खेल खेल्दैछु।
प्रदीप
अहिले फिर्नु,ढुक्कले बस्नु,नलिनु तनाव
अलिक दिन सहेर बस्नु,साहुको दबाब
रहने छैन मबाट कुनै मद्धतको अभाव
सोचेर बस्नु,मानिस सबै हुँदैनन् खराब।
अहिले फिर्नु,ढुक्कले बस्नु,नलिनु तनाव
अलिक दिन सहेर बस्नु,साहुको दबाब
रहने छैन मबाट कुनै मद्धतको अभाव
सोचेर बस्नु,मानिस सबै हुँदैनन् खराब।
रामे
भेटौंला फेरि तोकेकै दिन,अब म जाँदैछु
भाइको माया मुटुमा च्यापी खुशीले लाँदैछु
बनाउनुपर्ने रहेछ बाटो,अवरुद्ध भैदिए
अशुद्ध भन्ने हुँदैन थिए,सब शुद्ध भैदिए।
भेटौंला फेरि तोकेकै दिन,अब म जाँदैछु
भाइको माया मुटुमा च्यापी खुशीले लाँदैछु
बनाउनुपर्ने रहेछ बाटो,अवरुद्ध भैदिए
अशुद्ध भन्ने हुँदैन थिए,सब शुद्ध भैदिए।
दृश्य चित्रण
आशाको दियो मनमा बाली फिर्दछ पथिक
उमंग-किरण अभ्यन्तर भित्र,नाच्दछन् अधिक
हलुको हुन्छ,ग्रहुँगो तन,चन्द्रमा पुगेझैं
देखिन्छ प्रष्ट,दु:खको सागर,सम्पूर्ण सुकेझैं।
आशाको दियो मनमा बाली फिर्दछ पथिक
उमंग-किरण अभ्यन्तर भित्र,नाच्दछन् अधिक
हलुको हुन्छ,ग्रहुँगो तन,चन्द्रमा पुगेझैं
देखिन्छ प्रष्ट,दु:खको सागर,सम्पूर्ण सुकेझैं।
जाज्वल्यमान देखिन्छ सबै,राती नै उज्यालो
जीवनको बाटो सहज लाग्छ,हुँदैन उकालो
किलोको दूरी सेन्टी झैं लाग्छ,तागत आएर
हुँदैन पत्तो,कसरी तर्यो,जंघार भएर।
जीवनको बाटो सहज लाग्छ,हुँदैन उकालो
किलोको दूरी सेन्टी झैं लाग्छ,तागत आएर
हुँदैन पत्तो,कसरी तर्यो,जंघार भएर।
रणभूमिमा लडिरहेछ योद्धा झैं अथक
हारेको थियो ऊ आफैंसंग पटक-पटक
दुश्मन संग,पर्दैन लड्नु,आमने-सामने
विजय हासिल,सकिन्न गर्न,बुद्धिले नलडे।
हारेको थियो ऊ आफैंसंग पटक-पटक
दुश्मन संग,पर्दैन लड्नु,आमने-सामने
विजय हासिल,सकिन्न गर्न,बुद्धिले नलडे।
झिमिक्क आँखा नबिसाइकन निशाले हार्दछ
रामेले तब बफादार भा'को दुरुस्तै पार्दछ
कर्ममा लाग्छ,दैनिक जस्तै,आजको दिन पनि
बसेको हुन्छ,व्याकुल हुँदै,मनले दिन गनी।
रामेले तब बफादार भा'को दुरुस्तै पार्दछ
कर्ममा लाग्छ,दैनिक जस्तै,आजको दिन पनि
बसेको हुन्छ,व्याकुल हुँदै,मनले दिन गनी।
खबुस लिई आएको हुन्छ,साहुले आज त
बिचरालाई के थाहा हुन्छ रामेको राज त
समय केही बिताई जान्छ,खुरुक्क घरमा
गोठको जिम्मा छोडेकै हुन्छ,रामेको भरमा।
बिचरालाई के थाहा हुन्छ रामेको राज त
समय केही बिताई जान्छ,खुरुक्क घरमा
गोठको जिम्मा छोडेकै हुन्छ,रामेको भरमा।
रामे(मनोवाद)
अचम्मै लाग्यो,कुकुरलाई दया,कसरी पलायो
कतिका दिन,राखेर भोकै,यो मन जलायो
तलब बिना,खानामा काम कसले गर्दछ
जसरी हुन्छ,सुइँकुच्चा मैले ठोक्नुनै पर्दछ।
अचम्मै लाग्यो,कुकुरलाई दया,कसरी पलायो
कतिका दिन,राखेर भोकै,यो मन जलायो
तलब बिना,खानामा काम कसले गर्दछ
जसरी हुन्छ,सुइँकुच्चा मैले ठोक्नुनै पर्दछ।
दृश्य चित्रण
हिजोको निद्रा,आजको रात पुर्याउँछ उसले
सखारै देखि योजनापूर्वक मिलाउँछ उसले
आजको दिन मालिक पनि आउँदै आएन
उसको चाल अलिक पनि थाहा नै पाएन।
हिजोको निद्रा,आजको रात पुर्याउँछ उसले
सखारै देखि योजनापूर्वक मिलाउँछ उसले
आजको दिन मालिक पनि आउँदै आएन
उसको चाल अलिक पनि थाहा नै पाएन।
No comments:
Post a Comment