Saturday, 30 July 2016

सन्ध्या-एक बिचित्र कहानी

होटल अन्नपूर्णमा आयोजना गरिएको पार्टीमा एकदमै नजिकको साथीको नाताले स्वदेशमा मात्र नभएर बिदेशमै ख्याती प्राप्त वरिष्ठ व्यापारी सुरजले म एक पुलिस अधिकृत मनोज लाई पनि आमन्त्रण गरिएको थियो।विवाह भएको एक महिना भैसके पनि उसले नजिकको अत्यन्तै मिल्ने साथी हरु लाई विवाहमा व्यस्तताको कारणले राम्रो संग समय दिन नसकेकोले पुन: पार्टीको आयोजना गरिएको थियो। उक्त पार्टीमा हामी २५ जना थियौं।तर त्यो पार्टीमा कसैले पनि आफ्ना श्रीमति वा केटी  साथी लिएर गएका थिएनौं। स्त्री लाई पुर्ण रुपमा प्रवेश निशेध गर्ने पुर्व शर्त अनुरुप नै पार्टी मात्र पुरुषहरूको थियो।भव्य रुपमा पार्टी चल्दै गर्दा अशोकले असन्तुष्टि जनाउदै भन्यो-
"यार मित्र हरु! स्त्री बिनाको पार्टी लास्टै खल्लो लागिरहेको छ मलाई त। हामीले ठूलो गल्ती गर्यौ स्त्री हरु लाई मनाह गरेर।"
  "हामी नजिकका साथीहरु मात्र मोज गर्ने उदेश्यले यो पार्टी आयोजना गरेको हु।के बिना स्त्री पार्टी अधुरो रहन्छ र?"-सुरजले भन्यो।
  "हैन यार स्त्री बिना त यो पार्टी नुन बिनाको तरकारी जस्तै खल्लो लागिरहेको छ। स्त्री भनेको स्त्री नै हो नि यार।अर्को पल्ट चाहिँ यस्तो गल्ती नगरौं है!"-उदयले भन्यो।
   "ल ल आज लाई यतिकै चित्त बुझाउ न त । अर्को पल्ट बिचार गरौंला।"-मेरो कुराले पार्टीमा उपस्थित सबै मित्र हरु खित्का छोडी छोडी हासे।
   मध्यरातको १२ बजिसकेकोले मैले पार्टीको समापन गर्ने प्रस्ताव गरे तर सबै जना उत्तिकै जिद्दी भएकाले १ बजे मात्र पार्टी सक्यो।त्यतिन्जेल सम्ममा सबै जना खुट्टा टेक्न नसक्ने अबस्थामा पुगिसकेका थियौं।सुरज लगायतका सबै साथी हरु बाट बिदा भएर जेनतेन घरमा पुगेर निद्रादेवीको काखमा भुस भए म।राती अबेरसम्म सितन भन्दा पनि रक्सीको प्याग बढी लिएर बसेकोले गर्दा बिहान घाम छर्लङ्ग हुने सम्म सुतेछु।एक्कासि मेरो मोबाइलको घण्टी बज्छ। भित्तामा झुन्डिएको घडीमा नजर पुग्छ,८बजिसकेको रहेछ।आँखा मिच्दै मिच्दै ह्याङकै तालमा सुरजको फोन उठाए।
"यार मनोज!मत बर्बादै भए नि,मेरी श्रीमतिको हत्या भयो। हेर्दा खेरी सुसाइड जस्तो देखिए पनि यो सुसाइड हुनै सक्तैन।यो अबस्य पनि मर्डर हो।तुरुन्तै मेरो घरमा आउनु पर्यो।"
"ल ल सुरज, डन्ट ओरी, म आइहाले।"
हतार हतार म युनिफर्म लगाएर अफिस गए र चार जना पुलिस जवान साथमा लिएर सुरजको घरमा पुगे। हामी त्यहाँ पुग्दा सुरज उनकी मृत श्रीमति सन्ध्याको छेउमा बसेर डाको छोडेर रुदै भन्दै थियो-
"सन्ध्या! तिमी लाई यो अबस्थामा कसले पुर्यायो? तिमीले आत्मा-हत्या त कुनै पनि हालतमा गर्नै सक्तिनौ किन भने विवाहको शुरूवात देखि नै तिमी म संग अत्यन्तै खुशी थियौ। हाम्रो बीचमा त्यस्तो कुनै अनावश्यक मनमुटाव र झगडा पनि भएको थिएन। मलाई एक्लै छोडेर किन गयौ सन्ध्या? अब तिमी बिना मैले कसरी बाच्ने?"
"सुरज,डन्ट ओरी,सब ठीक हुनेछ।सन्ध्या भाउज्युको हत्यारा जसरी पनि पत्ता लगाएर कानून बमोजिमको सजाय अबश्य दिनेछु।"-मैले सान्त्वना दिदै भने।
घटनाको प्रकृति हेर्दा खेरी हत्या भन्दा पनि आत्मा-हत्या नै बढी लाग्यो मलाई,किन भने त्यहाँ कुनै हतियारको प्रयोग भएको थिएन र चोट पनि सिधै टाउकोमा मात्र थियो।तैपनि पोस्टमार्टम नगरी कन केही भन्न सकिने अवस्था थिएन।
"सुरज,तिमीलाई कोही माथि शङ्का छ? तिम्रो वा सन्ध्या भाउज्युको कोही पुरानो दुश्मन थियो कि?"-मैले बयान लिए।
"हैन मनोज,मेरो र सन्ध्याको अहिलेसम्म कोही त्यस्तो दुश्मन थिएन।म व्यापारी भए पनि मेरो दुश्मन भन्दा साथी नै धेरै छन्।कोही कसैको चित्त पनि दुखाएको छैन जस्तो लाग्छ अहिलेसम्म।सन्ध्या पनि म संग बिहे गर्नु भन्दा पहिले रेडियोमा आर जे को काम गरेर लाखौं स्रोताहरुको मन जितेर चर्चा कमाएकी थिई।त्यसैले उनको पनि खासै दुश्मन थियो जस्तो लाग्दैन।हिजो राती म घरमा पुगेको मात्र याद छ,म सुतिहालेछु र बिहान उठेर सन्ध्या लाई नदेखेर खोज्दा यहाँ यस्तो हालतमा भेट्टाएको हु।"
"श्यामे! शव लाई पोस्टमार्टमको लागि अस्पताल लिएर जाउ"-मैले तत्कालै एम्बुलेन्स बोलाएर शव लाई अस्पताल पठाए।
"मोहन, यहाँ घटनास्थलमा शङ्कास्पद बस्तुहरु जे जे भेटिन्छ,सङ्कलन गर।"-मैले अर्हाए।
त्यसपछि म सुरज लाई लिएर उसको बेडरूममा गए र त्यहाँ भएका सुरज र सन्ध्याको मोबाइल हरु जफत गरे।सन्ध्याको मोबाइल खोलेर म्यासेज र ग्यालरी लगायतका सबै मेनु हरु चेक गरे तर कुनै सहायक प्रमाण भेटिन।हिजो रातको १०:३० बजे तिर उनले सुरज लाई फोन गर्ने कोसिस गरेकी रहिछे तर कल ड्युरेसन जिरो नै थियो।सुरजको मोबाइलमा पनि केही भेटिएन।घरको छत सहित सबै ठाउँमा सर्च गरियो तर कुनै प्रमाण भेटिन।म निराश भैसकेको थिए केसले कुनै गति लिन नसकेकोमा।बिहानको १० बजे तिर पोस्टमार्टमको रिपोर्ट आयो। हत्याको कुनै संकेत देखिएन,सुसाइड नै हुन सक्ने डाक्टरले बतायो।डाक्टरले नै सुसाइड भने पछि केस लाई लम्ब्याउनुको कुनै तुक देखिन र सुरज र म मिलेर पत्रकार सम्मेलन गर्ने निर्णय गरियो।चिने जानेका विभिन्न पत्रपत्रिका, रेडियो र टेलिभिजनका पत्रकार हरु लाई बोलाएर सम्मेलन गर्यौ।
  "पत्रकार मित्र हरु, आज अचानक मेरो जिन्दगीमा तुफान आएर सबै खुशी हरु उडाएर लगेको छ।मलाई अति दु:ख लागेको छ ।मेरी श्रीमतिले बिना कारण आत्मा-हत्या गरेर मलाई यो संसारमै एक्लो बनाएर गई,खै किन, कारण मैले पनि बुझ्न सकिरहेको छैन।सन्ध्या बास्तवमा मेरी श्रीमती मात्र नभएर एक असल साथी पनि थिई।विवाह गरेको एक महिनामै मेरो साथ छोडेर गई।यो भन्दा बढी म केही बोल्न सक्ने स्थितिमा छैन।"-सुरजले यति भनेर भक्कानो फुटाएर रुन थाल्यो।
धेरै जना साथीहरु मिलेर सुरज लाई आत्मबल दियौं,धेरै सम्झायौ।म लगायतका ५ जना साथीहरुले आ-आफ्नो मन्तव्य राख्यौं।पत्रकार सम्मेलनको विभिन्न सन्चार माध्यम हरुले प्रत्यक्ष प्रसारण गरे।सम्मेलन सकेर बाहिर निस्कने क्रममा बाहिर लाखौं युवाहरुले धर्ना दिइरहेका थिए र साथ साथै नाराबाजी समेत गरिरहेका थिए।
"आर जे सन्ध्याको हत्यारा लाई -कारबाही गर"
"हत्यारा सुरज-मुर्दावाद"
"सन्ध्याको हत्यारालाई-छोड्दैनौ,छोड्दैनौ।"
"तपाईं हरु को सुरज लाई हत्यारा भन्ने?र के प्रमाण छ सुरजको बिरुद्दमा?"-मैले भीड तिर प्रश्न गरे।
"हामी सन्ध्याका फ्यान हौं।सन्ध्याको हत्यारालाई तुरुन्तै कारबाही होस् नत्र हामी चुप लागेर बस्दैनौ।"-भीडबाट एकैपटकमा,एकै स्वरमा बोल्न थाले।

"को हत्यारा, को निर्दोष पत्ता लाउने काम पुलिसको हो।पुलिसलाई आफ्नो काम गर्न दिनुस्।अहिले बाटो छोड्नुस । सत्य/तथ्यको पत्ता लागएर तपाइँहरुको सामू यथार्थ पेश गर्नेछु।"-मैले भीड लाई सम्झाए
आश्वासन दिए।
भीडलाई नियन्त्रण गर्दै,छिचोल्दै त्यहाँ बाट मुक्त भएर सुरजलाई लिएर उसको घरमा पुर्याए।ड्युटीको अबधि सकेर म सिधा घर गए र सोच्न थाले-"आखिर को हुन सक्छन् त हत्यारा?किन सन्ध्याका फ्यानहरु रिसाएका छन् ? उनीहरुले भने झैं सुरज कसरी हत्यारा हुन सक्छ?सुरजको विरुद्धमा कुनै पनि प्रमाण पनि त छैन।"
दिमागले काम गरिरहेको थिएन। त्यो केस कसरी अगाडि बढाउने होला भनेर तनावग्रस्त हुन थाले।सोच्दा सोच्दै थाकिसकेको थिए।यसो फेसबुक चलाएर मुड फ्रेस गर्ने भनेर अनलाइनमा बसे।तैपनी सन्ध्याको केसले टेन्सन दिन छाडेको थिएन।कता कता मेरो दिमागमा एउटा आइडिया आयो। फेसबुकमा "सन्ध्या" लेखेर सर्च गरेर उनको वालमा हेर्न थाले।
वालमा एउटा भिडियो सहित लेखिएको थियो-"सन्ध्या वाज लाइभ"
मिति:२7 जुलाई,२०१६
समय:०१:४५
लाखौं लाइक र कमेन्ट आइसकेका थिए।हतार हतार भिडियोमा क्लिक गरे र भिडियो चल्न थाल्यो,सन्ध्या बोल्न थालिन्-
"हाइ,नमस्ते मेरा सम्पुर्ण प्यारा/प्यारी फ्यान तथा शुभचिन्तक हरुलाई।ठ्याक्कै एक महिना भयो तपाईं हरु बाट टाढिएको र भेटघाट तथा अन्तर्कृया हुन नपाएको।तपाईं हरु बिनाको म हरपल निस्सासिरहेको हुन्छु,छट्पटाइरहेको हुन्छु।मेरो आवाज लाई मन पराएर एक सक्षम र कुशल आर जे बनाउनु भएकोमा सबै लाई हार्दिक आभार प्रकट गर्दछु।मेरो आफ्नो पारिवारिक कारणले आर जे छोडे पनि म खुशी नै छु। यद्यपि सम्पुर्ण स्रोता/शुभचिन्तक हरुलाई माया मारेकी छैन र मलाई पनि माया मार्नु भएको छैन होला भन्ने पुर्ण आशामा छु,साथै माया नमार्नु होला भनेर अनुरोध पनि गर्द्छु।आफ्नो आवाजलाई तपाईं हरु सामू पुर्याउन नपाउदा म एकदमै तड्पिरहेकी छु। तसर्थ आज म तपाईहरुको लागि नै फेसबुकमा लाइभ आएकी छु।धेरै धेरै लाइक र कमेन्ट आउँदा म अति खुशी छु तर सबैको कमेन्ट पढेर सुनाउन असमर्थ छु,त्यसको लागि माफी चाहन्छु।यदि मेरो परिवार बाट सपोर्ट भएको खण्डमा म फेरि आर जे मै फर्किने बाचा गर्छु।त्यतिन्जेल सम्म म बेला बेलामा यसरी नै फेसबुकमा लाइभ आउनेछु, साथ दिनु हुनेछ भन्ने अपेक्षा गरेकी छु।मेरो श्रीमान सुरज पार्टीमा जानू भएकोले आज म नितान्त एक्ली भएकी छु। लाखौं लाइक र कमेन्ट आएका छन् । म एकदमै एक्साइटेड छु,यति धेरै माया र साथको लागि सबै लाई एकमुष्ट धन्यवाद।"
"मिस यु सन्ध्या"
"आइ एम विथ यु सन्ध्या"
"लभ यु सन्ध्या"
यस्तै यस्तै धेरै धेरै कमेन्ट आउने क्रम जारीरहन्छ।
आर जे सन्ध्या निरन्तर मुस्कुराउछिन् र बोली लाई निरन्तरता दिन्छिन्-
"साच्चिकै मैले पनि तपाइँ हरु जस्ता महान स्रोता/दर्शक हरु लाई मिस गरिरहेकी छु। सके सम्म मेरो कोसिस फेरी आर जे मै फर्किनु नै हुनेछ। अहिले मेरो विवाह भएको जम्मा एक महिना त हुदैछ त्यसैले श्रीमान् ,घर परिवारलाई पनि समय दिनु नै पर्यो।"
  "सन्ध्या! ए सन्ध्या, तिमी कहाँ छ्यौ प्यारी?" भन्दै मोबाईलको स्क्रीनमा अर्को एकजना पात्रको आगमन हुन्च।पात्र हुन्छ -उहीँ मेरो नजीकको साथी-सुरज-सन्ध्याकि श्रीमान्।
"मेरा प्यारा स्रोताहरु! अहिले मेरो श्रीमान आउनु भयो,समय मिलाएर फेरि पनि तपाईं हरु समक्ष आउने बाचा गर्दै अहिले लाई म बिदा हुन्छु,गुड नाइट!" भनी सन्ध्याले।
"आइ मिस्ट यु सन्ध्या। आई लभ यु सन्ध्या।सन्ध्या डार्लिङ कम अन" भन्दै सुरजले नशाको तालमा सन्ध्यालाई जुरुक्क बोकेर बेडमाथि लगेर राख्छ।
"सुरज,लाइभ भिडियो काट्न बाकी नै छ। प्लीज,पहिले भिडियो बन्द गर्न त देउ।"- सन्ध्याले बिन्ती गरी।
"ह्य,,,छोडिदेउ भिडियो सिडियो,भोलि खिच्दा पनि भैहाल्छ नि।अहिले लाई साथ देउ प्यारी।"यति भन्दै सुरजले सन्ध्या लाई बेड माथि लम्पसार पारे र चुम्म चाटी गर्न थाले।
"प्लीज सुरज मलाइ छाडिदेउ,जबर्जस्ति नगर,सबैले देखिरहेका छन्,फेसबुकमा लाइभ देखिदैछौ हामी।" सन्ध्याको आँखा बाट आशुको भेल बगे पनि सुरज नशाको तालमै मस्त देखिन्छ।
"कसरी देखिन्छ? हाम्रो घरमा कसले जडान गरेको छ सि सि टीभी? वाहियात कुरा नगर न सन्ध्या,धेरै दिन पछि मेरो मूड बनेको छ,तिमी मेरो श्रीमती हौ,मलाई खुशी राख्नु तिम्रो कर्तव्य हो।"-फेसबुकमा लाइभ भनेको सायद सुरज लाई जानकारी थिएन होला ,किन कि यो अप्स चल्न थालेको धेरै दिन भएको छैन। अथवा सुरज पार्टी बाट झ्याप भएर आएकोले रक्सीको नशारुपी पट्टीले उसको आँखा बाधिएको थियो। बुद्धिमा बिर्को लागिसकेको थियो।यस्तो अबस्थामा उसले सन्ध्या मात्र नभएर कसैको कुरा सुन्ने पक्षमा हुँदैन।
सुरजले सन्ध्या लाई झन जोडले अठ्याउछ। सन्ध्या लाख कोसिस गरेर सुरजको पन्जा बाट उम्कन खोज्छे तर प्रयास बिफल हुन्छ।दृश्य हेर्दा यस्तो लाग्छ कि बाघले सिकार भेट्टाएको छ र लछारपछार पारेर लुछिरहेको छ।सुरजले एकाएक आफ्नो बस्त्र खोलेर निर्बस्त्र हुन्छ ।त्यसपछि क्रमशः सन्ध्याको बस्त्र पनि खोलेर निर्बस्त्र बनाउछ।सन्ध्या रुन्छे,चिच्याउछे,भएभरको बल लगाएर उम्कने प्रयास गर्छे तर उनको हर प्रयास बिफल हुन्छ।अन्ततः सन्ध्याको केही लाग्दैन र हार स्वीकार गर्छे।यता सुरज कानमा बुजो लाएर बेवास्ता गर्दै फटाफट आफ्नो स्वार्थ सिद्द गर्ने तर्फ लाग्छ।सन्ध्याको सबै सपना आधीबेहेरी आएर ध्वस्त पारेर छोड्छ।सुरजमा  सल्केको आगो त बिस्तारै निभ्छ तर सन्ध्या लाई जिउदै जलाएर खरानी बनाउछ।आफ्नै स्रोता/दर्शकहरुको अगाडि सन्ध्या बलात्कृत हुन्छे।उता सुरज जिउदो हो कि मरेको हो केही पत्तो नपाउने गरी घोप्टो परेर पल्टिरहन्छ,मानौं उसले संसारकै ठूलो युद्द लडेर आएर थकित भएर लम्पसार परेको छ।सन्ध्या बिस्तारै आफ्नो नग्न शरीर के भनौं, जिउदो लास लिएर उठ्छे र अन्तिम वाक्य बोल्छे-
"मेरा प्यारा/प्यारी स्रोता/दर्शक तथा शुभचिन्तक हरु! मैले तपाईंहरु लाई यहाँ देखि अगाडि साथ दिन सकिन,क्षमा चाहन्छु,हाम्रो यात्रा यही सम्म लेखिएको रहेछ,अलबिदा!!!!!!!!!"

Friday, 29 July 2016

हेर रास्ट्रवादी

नेपालको तराईमा हेर रास्ट्रवादी
शत्रु सित लडाइँमा हेर रास्ट्रवादी।

झुक्याउछन् नेताहरु खोक्रो भासण गरी
हुँदै हुन्न फटाईमा हेर रास्ट्रवादी।

कतै चुनाव जिते भने जाल झेल गरी
मख्ख हुन्छन् बधाईमा हेर रास्ट्रवादी।

उखान टुक्क भनीकन जनता जिल्ल पार्छन्
कहाँ हुन्छ भनाइमा हेर रास्ट्रवादी।

कर्मचारी भ्रष्टाचार गरि भुँडी भर्छन्
टन्न पेट अघाईमा हेर रास्ट्रवादी।

परिश्रमी हात हरु चल्छन् दिन रात
हेर उसको खटाईमा हेर रास्ट्रवादी।

Thursday, 28 July 2016

भुलेर

निको हुन्न रहेछ घाउ अन्तै मलम भुलेर
बाच्न गार्हो हुन्छ धेरै मनको जखम भुलेर।

कोही सधैं रोई बाच्छ त्यो निस्ठुरीको यादमा
जसले धोका दिई जान्छ खाको कसम भुलेर।

उदारवादी हुन्छ मान्छे किन हो यति धेरै
अरु लाई सम्झी दिदा आफू स्वयम भुलेर।

संसारमा फेरि एउटा बुद्धको नै खाचो छ
कोही बस तपस्यामा क्षणिक रमझम भुलेर।

छदैछ जसरी पनि , लुट्नु र लुटिनु त
आउ प्यारी अगालोमा लाज शरम भुलेर।

Wednesday, 27 July 2016

यौवनको नशा

यौवनको नशा ख्वाई अत्याचार नगर
जति सक्छौ माया गर,सिमा पार नगर।

पिरतीको लडाइँमा परेको छु साथी
फर्की आउछु कि आउदिन इन्तजार नगर।

वसन्त आयो भन्दैमा जीवनमा बैशको
पागल भई नचाहिने व्यवहार नगर।

माया गर्छु या गर्दिन एकीन भाको छैन
म तिम्रो हो भनेर प्रचार-प्रसार नगर।

कति धेरै गर्नु नै छ अझै जिन्दगीमा
ब्यर्थै मेरो सपनाको बलात्कार नगर

Monday, 25 July 2016

गजालु आँखा

गजालु ती आँखा यता जुधाएर गयौ आज
बैशालु त्यो जीवन किन लुकाएर गयौ आज।

यौवनका छाल हरु किनारमा बिसाएर
लोभ लाग्दा सर्ब अंग नुहाएर गयौ आज।

सुकोमल फूल तिमी,टिप्ने ठूलो धोको थियो
कोपिलामै कसै लाई लुटाएर गयौ आज।

हिडिरहने मन थियो अगालोमा बाधिएर
हाम्रो पिरतीको डोरी चुडाएर गयौ आज।

उज्यालोमै गए हुन्थ्यो समाजमा देखिएर
माङ"लाई मध्यराती सुताएर गयौ आज।

Sunday, 24 July 2016

देखियो

जो कोही नेता यहाँ काचो देखियो
एउटा पक्का नेताको खाचो देखियो।

कर्मठ युवा सबै बिदेशिए पछि
खेतीयोग्य जमिन बाझो देखियो।

बिकासको ढोकामा ताला लागेको छ
बिदेशिकै हातमा साचो देखियो।

केही गर्न खोजे सत्ता पक्षकाले
बिपक्षी बाट सधैं भाजो देखियो।

जातिय र धार्मिक राजनीति हुँदा
देश टुक्राउने चाजो-पाजो देखियो।

खोज्दा खोज्दै

घामै डुब्यो युवतीले घर खोज्दा खोज्दै
काखमा बच्चा च्यापेर थर खोज्दा खोज्दै।

आत्मा-हत्या गर्न भनी रीसले मुर्मुरिदै
सबै रीस मरि गयो जहर खोज्दा खोज्दै।

जिन्दगीको अर्थ बुझ्न सोधे धेरै प्रश्न
उमेर ढल्क्यो चित्त बुझ्दो उतर खोज्दा खोज्दै।

भाग्यमा बिस्वास गरियो बिना कर्म गरी
भोकै मर्यो भाग्यमानी खप्पर खोज्दा खोज्दै।

असीमित चाहानाले सीमा नाघी सक्यो
फैलिएको रहर बान्ने रबर खोज्दा खोज्दै।

मानवता

मनुष्यकै संसारमा मानवता देखिएन
आफ्नै आफन्तमा माया र ममता देखिएन।

आ-आफ्नै अडानमा हुँदा राजनैतिक पार्टीहरु
कतैबाट सहमती,लचकता देखिएन।

नेपाली चलचित्र त चल्न गाह्रो हुन्छ यहाँ
हाम्रा दर्शक हरु भन्छन् अस्लिलता देखिएन

ट्याटु खोपी अर्धनग्न भएर नै हिन्नु पर्ने
यी चेलीबेटी हरुमा सरलता देखिएन।

थुक निलेर बसेका छन् ती सडक बाल बालिका
सयौं व्यन्जन खाने बाट उदारता देखिएन।

Friday, 22 July 2016

गोठालो

पाल्छु गाई,भैंसी बस्छु गोठालो गरेर
साग-सब्जी फलाउछु कोदालो गरेर।

पसिना बगाएर आफ्नै मातमृभूमिमा
थाकिदैन उकालो र ओरालो गरेर।

खुट्टा तान्नु हुन्न साथी एकले अर्काको
अगाडि बढ्नु पर्छ हातेमालो गरेर।

सत्तामुखी नेताको भण्डाफोर गर्नु पर्छ
जस्ले सत्ता चलाउछ आलोपालो गरेर।

सुखी हैन खुशी राख्छु ,धन छैन हेर
राजी भए बसौला टीका-टालो गरेर।

हजुरको

काट्नु या मार्नु ईच्छा हजुरको
अधुरो जीवन बिना हजुरको।

दिल छैन होला त्यतिको कम्जोर
सजिलै फुट्ने सिसा हजुरको।

पिस्छौ र कति सहेर दिन्छु
तयार छु हुन जिरा हजुरको।

पैसाको पछि लागेको हैन
चाहिएन त्यो बिटा हजुरको।

संगै बाच्ने मर्ने कसम खान्छु
एक्लो हुन्न त्यो चिता हजुरको।

बिहानको सात बजे

बिहानको सातै बजे सुर्य अस्त भएको छ
नौलो बिहानीको खाका आज ध्वस्त भएको छ।

भोकाएर दुब्लो शरीर लिई ओछ्यान पसेथ्यो
उडुस छिट्टै मोटाएर अति मस्त भएको छ।

हिजो सजिलै उकालो हिड्न सक्ने गाउले केटो
दुई पाईला हिड्न पनि कति कस्ट भएको छ।

भ्रष्टाचार र कुकर्मको खेदो खन्ने कर्मचारी
देख्न नसक्ने हाकिम हरु प्रशस्त भएको छ।

अनावश्यक महत्वाकांक्षी भएकोले मनुष्य
थोरै भएको खुशी पनि छर्पस्ट भएको छ।

सजिलो

न त गर्न सजिलो
न त मर्न सजिलो।

उकाली चढ्नु भन्दा
तल झर्न सजिलो।

झुट र असत्यको
बीउ छर्न सजिलो।

कर्तव्य बुझ्नु भन्दा
सिन्दूर भर्न सजिलो।

जिन्दगीको महासागर
मिली तर्न सजिलो।

Thursday, 21 July 2016

अनासन

तिम्रो माया पाउछु म अनशन बसेर
नत्र भने जोगी बन्छु खरानी घसेर।

कति हिन्छ्यौ सधै तिमी म बाट तर्केर
कहिलेकाही जाउ प्रिय घरमा पसेर।

आउ बिन्ती बचाइदेउ यो मेरो जीवन
तिमी बिना मर्न लागे मायामा फसेर।

जिउदो लास भएर कति बाच्नु अब
तिमी पाइन भने मर्छु भीरबाट खसेर।

लिनु पर्दैन तिमीले पीर यो समाजको
हिम्मत लिई आउ भेट्न कम्मर कसेर।

मुक्तक-५

मुक्तक-१
यो देशको सिपाही हु लड्दा लड्दै मर्न सक्छु
फूल जस्तै ओइलिएर जमिनमा झर्न सक्छु
खटिरहन्छु देशको लागि दिन रात नभनेर
बरु मेरो ज्यानै जाओस् केही त म गर्न सक्छु।

मुक्तक-२
चिल्ला,खोक्रा भासण दिई खोक्ने हरु रास्ट्रवादी
राती भने डिस्को बारमा धोक्ने हरु रास्ट्रवादी
सडक,पुल भत्किएर छताछुल्ल भाको बेला
बिकासको बजेट नै रोक्ने हरु रास्ट्रवादी।

मुक्तक-३
मुनाको रक्षा गर्नेछु मदन बनेर
धड्किनेछु त्यो मुटुमा धड्कन बनेर
जहाँ गए पनि तिमी मेरै सामू हुनेछौ
किन कि म उभिनेछु गगन बनेर।

मुक्तक-४
जिन्दगी लाई जिन्दगी जस्तै सार्थक बनाउनुछ
साघुरिएको छ यस लाई व्यापक बनाउनुछ
हेप्न थाले चाहिने भन्दा नि बढी सोझो हुँदा
आफू लाई अब यति धेरै घातक बनाउनुछ।

मुक्तक-५
पुरानो र नयाँ साल उस्तै लाग्छ
भाग्य र माझीको जाल उस्तै लाग्छ
गति फेरिएन अझै जिन्दगीमा
कछुवा र मेरो चाल उस्तै लाग्छ।

Wednesday, 20 July 2016

उस्तै लाग्छ

पुरानो र नयाँ साल उस्तै लाग्छ
भाग्य र माझीको जाल उस्तै लाग्छ।

गति थपिएन अझै जिन्दगीमा
कछुवा र मेरो चाल उस्तै लाग्छ।

जिन्दगीको आगो जति बेलै निभ्छ
जीवन र सल्केको पराल उस्तै लाग्छ।

जीवन लाई थुत्दै फाल्दै गर्छ कति पल्ट
समय र जुवाको खाल उस्तै लाग्छ।

आँसु नै आँसुको वर्षा भयो धेरै
"माङ"को आँखा र ताल उस्तै लाग्छ।

नसीब बनायो

भगवानले हाम्रो कस्तो नसीब बनायो
नेपाल लाई नेताले नै गरीब बनायो।

अमेरिका,युरोप जस्तो बनाउछु भनी
संसारमै नभएको अजीब बनायो।

कर्मचारी चाइयो भनी बिज्ञापन निस्क्यो
पहुँचवालाले आफन्त सचिब बनायो।

कोही रोडमा सुत्दा कोही करोडमा खेल्छन्
कसले यस्तो भाग्य लेख्ने नीब बनायो।

यसरी दिएर गयो चोट दिनेले
नसुक्ने घाउ भित्र पनि पीप बनायो।

आयो र गयो

आयो तर क्षणिक खुशी दिलाएर गयो
समाजमा मेरो मुख सिलाएर गयो।

पहिलो त्यो नजरमै नशाले मातिए
कस्तो शक्तिशाली दारु पिलाएर गयो।

आएको थ्यो एक थोपा खुशीको बहार
एकै क्षणमा समुद्रमा बिलाएर गयो।

भुकम्प जस्तै बनेर आयो जीवनमा
घरै ध्वस्त हुने गरी हिलाएर गयो।

शीर उच्च बनाएर जिएको नै थिए
भएको ईज्जत् माटोमा मिलाएर गयो।

Monday, 18 July 2016

मन गुमाएर

बाचेको छु जेनतेन आफ्नै मन गुमाएर
हिड्छु होला मानसिक सन्तुलन गुमाएर।

देशको लागि लड्छु भन्दै गई बन्दुक लिएर
आखिर कसले के पायो त जीवन गुमाएर।

गृहयुद्ध, भुकम्प र पहिरोमा परेर
नेपाल आमा रुन्छिन् जन र धन गुमाएर।

कति रहर थियो होला अनि कति बाध्यता
जवानी र ईज्जत् पनि हिन्दै छन गुमाएर।

छताछुल्ल हराएर बिदेशी संस्कृतिमा
आफ्नै संस्कृति,चलन र पहिरन गुमाएर।

केही कुरा

केही कुरा नलुकाई महोदय दिनु
तुरुन्त आफ्नो असली परिचय दिनु।

पाँच रुपियाँ त अचेल भिखारीले लिन्न
दिनु आमा चिया खान पचास सय दिनु।

गजल लेखेर मात्र पुग्दैन प्रिय मित्र
गजल लाई सुहाउने मीठो लय दिनु।

माया मात्र गर्दा खेरी टाउकोमै टेक्छन्
आज भोलि छोरालाई अलि भय दिनु।

लिएर मात्र हुँदैन शिक्षा भन्ने कुरा
दिनु अरु लाई पनि, कतिपय दिनु।

Sunday, 17 July 2016

रास्ट्रवादी

चिल्ला,खोक्रा भासण दिई खोक्नेहरु रास्ट्रवादी
राती भने डिस्को बारमा धोक्नेहरु रास्ट्रवादी।

आफूलाई नोकर अनि उस्लाई मालिक सम्झेर
मोहोर राखेर पाउमा ढोक्नेहरु रास्ट्रवादी।

बाहिर रखेल राखेर मोज मस्ती गरी हिन्ने
घरमा श्रीमती कुट्ने लोग्नेहरु रास्ट्रवादी।

गरीब,सोझा जनता लाई सुराकी,आतंककारी
बनाएर सिधै गोली ठोक्नेहरु रास्ट्रवादी।

कुनै असल नेता आई राम्रो काम गर्न खोजे
बजेट अनि बिकास लाई रोक्नेहरु रास्ट्रवादी।

कुनै नेता बिशेष लाई आतंककारी भनेर
उसको टाउकाको मूल्य तोक्नेहरु रास्ट्रवादी।

भित्र भित्रै नदी नाला बिदेशी लाई सुम्पेर
सम्झौता पत्र गोजीमा बोक्नेहरु रास्ट्रवादी।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...