Wednesday, 6 July 2016

नेपालका नियम

नेपालका नियम कानून कति कति हटाउनु पर्छ
अन्धबिस्वास,रुडीवाद,बिसंगति हटाउनु पर्छ।

आतंकवादी हमला हुने खतरनाक देशमा
काम गर्न जान लाई अनुमति हटाउनु पर्छ।

श्रीमानको मृत्यु पछि सादा पोशाक लाउनु पर्ने
धङधङी छ अझै पनि,प्रथा-सति हटाउनु पर्छ।

रास्ट्रवादी भनौंदाले देश बेच्न लागि सके
देश निकाला गरेर चोर जति हटाउनु पर्छ।

हुन्न,कानून भन्दा माथि, कोही पनि हुन्न यहाँ
यदि कानून मिच्यो भने रास्ट्रपति हटाउनु पर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...