एक्का,मिस्सी र बाशैमा
दिल बस्यो केटाको तासैमा
मिलेर म्यारिज खेलौ न कान्छी
दुई,चार मालको आशैमा
फाल न फाल सुन्तली
फटाफट फाल थुतेर
जान लाई खोज्छौ उठेर
सबैको पैसा लुटेर।
एक्का,मिस्सी र बाशैमा
बस न सरु पासैमा
मिलेर म्यारिज खेलौं न कान्छी
दुई चार मालको आशैमा।
बुढाले पैसा पठाउछ
खेलौ न अन्जु मज्जाले
यो ज्यान बिग्री गैसक्यो
चुरोट-रक्सीको नशाले।
एक्का,मिस्सी र बाशैमा
नपिउ न एकै सासैमा
मिलेर म्यारिज खेलौं न कान्छी
दुई चार मालको आशैमा।
सुनिता संग लब पर्यो
दिन्दिनै म्यारिज खेलेर
घरबार बिग्र्यो धेरैको
नचाहिने काम गरेर।
एक्का,मिस्सी बाशैमा
पत्थर लाग्यो गाँसैमा
मिलेर म्यारिज नखेलौ कान्छी
सम्पती होला नि नासैमा।
No comments:
Post a Comment