चिसोचिसो हिमालबाट अब बेसी झर्छु म त
टाढा भयो भेट्न लाई बसाइँ नै सर्छु म त
कसैको भर परिन हेर म अहिले सम्म
जिन्दगीमा अब भने तिम्रै भर पर्छु म त।
सागर जस्तै गहिरो,हिमाल जस्तै अटल
लगाएर चोखो माया,फुलाऔं प्रेम झल्मल
चाहे घृणा गर तिमी, सधैं माया गर्छु म त
टाढा भई बाच्दिन म,तिम्रै सामू पर्छु म त।
जारी राखौं यात्रा हाम्रो उकाली र ओरालीमा
जीवनको भारी बिसाऔ पिरतीको चौतारीमा
दु:खको महासागर संगै मिली तर्छु म त
बाँचे पनि तिमी संगै,मरे संगै मर्छु म त।
No comments:
Post a Comment