Tuesday, 12 July 2016

जिन्दगीलाई

जिन्दगीलाई जिन्दगी जस्तै सार्थक बनाउनुछ
सागुरिएको छ यसलाई व्यापक बनाउनुछ।

लेखिरहेछु आफ्नै बुद्धिले केही भ्याए सम्म
लेख्नु भन्दा पनि आफूलाई पाठक बनाउनुछ।

हेप्न थाले चाहिने भन्दा नि बढी सोझो हुँदा
कसै कसैको लागि यो केटो घातक बनाउनुछ।

आफ्नै विषयमा कति कथा,कविता बनाइयो
एक पल्ट सबै रुवाउने नाटक बनाउनुछ।

अमृत पिलाउने चेस्टा गर्दा विष सम्झे पछि
आफू लाई विष भन्दा हानी-कारक बनाउनुछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...