Wednesday, 6 July 2016

कर्म

कर्म गर्दैन मनुष्य तक्दीर लाई दोस दिन्छ
पूजा पाठ गरिएको मन्दिर लाई दोस दिन्छ।

मान्छे जस्तो हुन्छ त्यस्तै बनी दिन्छ प्रतिविम्ब
अनुहार राम्रो छैन तस्वीर लाई दोस दिन्छ।

जो कोहीको रोजाईमा बाहिरी रुप पर्दछ
दिल सुन्दर भए पनि शरीर लाई दोस दिन्छ।

खराब कर्मको नतिजा यस्तै हुनु छदै थियो
हेर अझै ज्यानमारा जन्जीर लाई दोस दिन्छ।

उमेर हुँदा लखर लखर सारा संसार घुम्दै ठिक्क
माथी उठ्न दिएन रे, अमीर लाई दोस दिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...