बाचेको छु जेनतेन आफ्नै मन गुमाएर
हिड्छु होला मानसिक सन्तुलन गुमाएर।
देशको लागि लड्छु भन्दै गई बन्दुक लिएर
आखिर कसले के पायो त जीवन गुमाएर।
गृहयुद्ध, भुकम्प र पहिरोमा परेर
नेपाल आमा रुन्छिन् जन र धन गुमाएर।
कति रहर थियो होला अनि कति बाध्यता
जवानी र ईज्जत् पनि हिन्दै छन गुमाएर।
छताछुल्ल हराएर बिदेशी संस्कृतिमा
आफ्नै संस्कृति,चलन र पहिरन गुमाएर।
No comments:
Post a Comment