पिरतीमा मदनेको मुना बनेर
देखाउछु सबैलाई नमूना बनेर।
चोखो माया गर्नेलाई स्वागत गर्दछु
बसेको छु म मुटुको कुना बनेर।
ब्यर्थै डाहा गर्ने लाई हाम्रो मायामा
जवाफ दिन्छु म हजारौं गुणा बनेर।
सर्बाङ्ग पार्न खोज्छ समाजमा कोही
ईज्जत् कसेर राख्दिन्छु तुना बनेर।
ज्यानमारा र फटाह जति सबै लाई
कैद गरेर राख्नेछु थुना बनेर।
No comments:
Post a Comment