Sunday, 3 July 2016

तिमी विना

तिमी विना जिन्दगी यो अधुरो नै थियो
सुन, चादी भए पनि अपुरो नै थियो
जब तिमी संग भेटी मीठो कुरा भयो
तिम्रो साथ पाए पछि सबै पूरा भयो।

टाढा भए अपाङ्ग झैं उठ्नै सक्तिन म
कस्तो जादू छ तिमीमा बुझ्नै सक्तिन म
तिमी सामू हुदा खेरी त्यसै दौडी दिन्छु
अथाह सागर पनि त्यसै पौडी दिन्छु।

तिमी छौ त जिन्दगीमा बाचेको छु आज
गीत गाई पिरतीको नाचेको छु आज
यो जीवनमा सुखको आधार हौ तिमी
हरियाली बसन्तको बहार हौ तिमी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...