पुरानो र नयाँ साल उस्तै लाग्छ
भाग्य र माझीको जाल उस्तै लाग्छ।
गति थपिएन अझै जिन्दगीमा
कछुवा र मेरो चाल उस्तै लाग्छ।
जिन्दगीको आगो जति बेलै निभ्छ
जीवन र सल्केको पराल उस्तै लाग्छ।
जीवन लाई थुत्दै फाल्दै गर्छ कति पल्ट
समय र जुवाको खाल उस्तै लाग्छ।
आँसु नै आँसुको वर्षा भयो धेरै
"माङ"को आँखा र ताल उस्तै लाग्छ।
No comments:
Post a Comment