Tuesday, 12 July 2016

आज भोलि

आज भोलि ईमान मान्छे बैमान हुदैछ
भगवान जस्तो मान्छे सैतान हुदैछ।

स्वदेशमा कुनै ठूलो घटना घट्यो कि
हरेक रात सपनीमा ऐठान हुदैछ।

अरबौ पैसा कमाए पनि खुशी छैन
सुखकै खोजीमा अझै हैरान हुदैछ।

जन्मेर नमरे सम्म महाभारत लड्छ
यो जिन्दगी संघर्सको मैदान हुदैछ।

असली मायालु लाई कसैले चिन्दैनन्
नक्कली र देखावटी कै सान हुदैछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...