कहाँ जान्छौ बिजोगमा सन्तान छोडेर
अन्तै लाग्छौ त्यति राम्री जहान छोडेर।
सिको गर्दै एउटाको भीर बाट खस्छन्
ए भेडा बाहिर निस्क बथान छोडेर।
किताबको किरो बन्दा हात लाग्छ शून्य
व्यबहारिक ज्ञान सिक रटान छोडेर।
असली हो कि नक्कली हेरेरै चिनिन्छ
सत्य-तथ्य कुरा गर बखान छोडेर।
केही कुरा पाउन खोज्दा केही गुमाइन्छ
काठमाडौ आउ तिमी धरान छोडेर।
No comments:
Post a Comment