पीडित लाई सरकारी राहत कहाँ गयो
अप्ठ्यारोमा हेर्छु भन्ने भारत कहाँ गयो।
चारै तिर मिचिदैछ देशको सिमाना
रास्ट्रबादी भनौंदाको तागत कहाँ गयो।
देश लाई स्वीजर्ल्याल्ड बनाउछु भन्थे
यथार्थमा लागू हुने कहावत कहाँ गयो।
महाकाली र गण्डकी बेची सके कठै
आज देशको अमुल्य अमानत कहाँ गयो।
चुनाबमा जिते पछि गाउँ फर्किन्छु रे
खै नेताको आवत र जावत कहाँ गयो।
No comments:
Post a Comment