शुरु गरौं शुभ-कार्य बिहान उठेर
मन्त्री,पियन,कर्मशील किसान उठेर।
पढिदैन कुनै पनि पार्टीका सिद्धान्त
गर्ने हामी हौं,गर्दैन विधान उठेर।
कुरा हैन काम गर सक्छौ भने तिमी
केही हुने छैन टुक्का,उखान उठेर।
झुक्न दिने छैन शीर, उच्च राखिनेछ
चन्द्र,सुर्य अंकित जंगी-निशान उठेर।
जागौ अब नेपाली हो,जागौ निन्द्र बाट
नत्र हाम्लाई मार्ने छन् सैतान उठेर।
No comments:
Post a Comment