Sunday, 3 July 2016

आफ्नै मुटु

आफ्नै मुटु पगालेर तरल बनायौ
थोपा थोपा माया बेच्ने पसल बनायौ।

धेरै सोझा नेपालीको झुप्रो भत्काएर
आफ्नो लागि गगनचुम्बी महल बनायौ।

ठाउँको ठाउँ ढल्नेगरी यस्तो धोका दियौ
हृदयघात गराइ दियौ, अचल बनायौ।

जोगी जस्तै बनाएर अरुको जिन्दगी
आफ्नो जीवन सधैं सधैं सफल बनायौ।

हिलो भित्र डर लाग्दो जाल बिछ्याएर
बाहिर बाट देखिने कमल बनायौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...