मुनाको रक्षा गर्नेछु मदन बनेर
धड्किनेछु त्यो मुटुमा धड्कन बनेर।
तिमी सामुमै हुनेछौ जहाँ गए नि
किन कि म उभिनेछु गगन बनेर।
तोडी,फोडी अगि बढ्छु,बाटो पन्छाउछु
कोही उभिए बाधा र अड्चन बनेर।
यस्तो माया गरौं ता कि हाम्रो कहानी
युगौ सम्म रहनेछ कथन बनेर।
तिम्रो सास गए पछि अन्तिम क्षणमा
म तिमी संगै हुनेछु कफन बनेर।
No comments:
Post a Comment