सुनाखरी,सयपत्री र बेली रिसाउछ
मखमली सजाउदा चमेली रिसाउछ।
एकान्तमा आउ प्रिय सुटुक्कै भेटौला
कतै थाहा पाए तिम्रो सहेली रिसाउछ।
ए अधेरी, भागि हाल मेरो जीवन बाट
धेरै मस्ती गर्यौ भने उजेली रिसाउछ।
चरी लाई माया गर्छौ किन अचेल भन्दै
सानो छदा चलाएको गुलेली रिसाउछ।
धेरै दिन पछि सानी माइत आएकी छे
छिटो खाउ चेली भन्दा कोसेली रिसाउछ।
No comments:
Post a Comment