Tuesday, 12 July 2016

मारामार हुनेछ

तिम्रो मेरो जवानीको मारामार हुनेछ
घमासान युद्धपछि वार र पार हुनेछ।

दोसी तिम्रै सुन्दरता हो,अरु दोस छैन
तिम्रो लागि मेरो मुटु कारागार हुनेछ।

कसै गरी तिम्रो दिल जित्न नसकेमा
मेरो माया खतरनाक हतियार हुनेछ।

मुटु पत्थर बनाएर घमण्ड नगर
हेर्दै जाउ कुनै दिन चमत्कार हुनेछ।

बरु तिम्ले भन्यौ भने मुटु झिकी दिउला
यही मुटु तिमी लाई उपहार हुनेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...