निको हुन्न रहेछ घाउ अन्तै मलम भुलेर
बाच्न गार्हो हुन्छ धेरै मनको जखम भुलेर।
कोही सधैं रोई बाच्छ त्यो निस्ठुरीको यादमा
जसले धोका दिई जान्छ खाको कसम भुलेर।
उदारवादी हुन्छ मान्छे किन हो यति धेरै
अरु लाई सम्झी दिदा आफू स्वयम भुलेर।
संसारमा फेरि एउटा बुद्धको नै खाचो छ
कोही बस तपस्यामा क्षणिक रमझम भुलेर।
छदैछ जसरी पनि , लुट्नु र लुटिनु त
आउ प्यारी अगालोमा लाज शरम भुलेर।
No comments:
Post a Comment