Sunday, 3 July 2016

प्रेम

प्रेम गर्नु जीवन लाई हानिकारक भएको छ
भएको छ प्रगतिको लागि बाधक भएको छ।

मन्द विष रहेछ यो प्रेम भन्ने चीज हेर्नुस्
शरीरको लागि आज सार्है घातक भएको छ।

बजाउन जाने मीठो नजानेमा झर्को लाग्ने
प्रियसी संगीत भरिने बाध्यबादक भएको छ।

उसैको चल्छ शासन, बनाउछ कानुन उही
हो आज भोलिको प्रेमिका अराजक भएको छ।

थाहा छैन कता गुड्छ मुटुरुपी सानो गाडी
मुटु आफ्नो भए पनि अर्कै चालक भएको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...