आज भोलि पिरतीमा करार हुदो रैछ
करार सके पछि कोही फरार हुदो रैछ।
सम्झौताले गासिएको प्राय: सम्बन्धमा
बिना कारण त्यसै त्यसै दरार हुदो रैछ।
रुप,रंग भए देखि सजिलै चिनिन्थ्यो
प्रेमको धेरै अनौठो प्रकार हुदो रैछ।
सके सम्म सहन्थे अन्तै लागेको भए
बाण सोझै मुटुमा नै प्रहार हुदो रैछ।
बदनामै गरे पनि, दिलै तोडे पनि
किन निस्ठुरीकै माया अपार हुदो रैछ।
No comments:
Post a Comment