Sunday, 3 July 2016

रातो सारीमा

खडा हुन्छ्यौ जब तिमी रातो सारीमा
संसारकै राम्री बन्छ्यौ सारा नारीमा
आईमाई डाहा गर्छन् जादा पधेरी
जून सरी चम्की दिन्छ्यौ हुदा अधेरी।

मदिरा पो होकि क्यारे तिम्रो नजर
गुलाब फुले जसरी तिम्रो अधर
सबै दङ्ग परी ढल्छन् तिमी देखेर
स्वर्ग बाटै आयौ कित परी झरेर।

झलमल रुप हेर्दा यस्तो लाग्छ कि
ईन्द्रेणीको सप्तरङग टाढा भाग्छ कि
मोती दाना झैं टल्केको दन्ते लहर
लोडसेडिङ मुक्त भयो हाम्रो शहर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...