मुक्तक-१
यो देशको सिपाही हु लड्दा लड्दै मर्न सक्छु
फूल जस्तै ओइलिएर जमिनमा झर्न सक्छु
खटिरहन्छु देशको लागि दिन रात नभनेर
बरु मेरो ज्यानै जाओस् केही त म गर्न सक्छु।
मुक्तक-२
चिल्ला,खोक्रा भासण दिई खोक्ने हरु रास्ट्रवादी
राती भने डिस्को बारमा धोक्ने हरु रास्ट्रवादी
सडक,पुल भत्किएर छताछुल्ल भाको बेला
बिकासको बजेट नै रोक्ने हरु रास्ट्रवादी।
मुक्तक-३
मुनाको रक्षा गर्नेछु मदन बनेर
धड्किनेछु त्यो मुटुमा धड्कन बनेर
जहाँ गए पनि तिमी मेरै सामू हुनेछौ
किन कि म उभिनेछु गगन बनेर।
मुक्तक-४
जिन्दगी लाई जिन्दगी जस्तै सार्थक बनाउनुछ
साघुरिएको छ यस लाई व्यापक बनाउनुछ
हेप्न थाले चाहिने भन्दा नि बढी सोझो हुँदा
आफू लाई अब यति धेरै घातक बनाउनुछ।
मुक्तक-५
पुरानो र नयाँ साल उस्तै लाग्छ
भाग्य र माझीको जाल उस्तै लाग्छ
गति फेरिएन अझै जिन्दगीमा
कछुवा र मेरो चाल उस्तै लाग्छ।
No comments:
Post a Comment