Tuesday, 12 July 2016

जादैछु

नजिक हुँदा हेला भए म दूर जादैछु
बेरोजगारी भएकोले लाहूर जादैछु।

अमेरिका,बेलायत जाने औकात छैन
सके कोरिया नत्र सिङ्गापुर जादैछु।

तिम्रो जिन्दगीमा आई ठूलो गल्ती गरे
तिम्रो हैन सबै मेरै कसुर जादैछु।

धक्का मारेर तिमीले निकाल्नै पर्दैन
ढुक्का भई बसे हुन्छ,जरुर जादैछु।

तिम्रो आँखाको कसिङ्गर भएर बस्दिन
तिम्रो जीवन सफल होस हजुर जादैछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...