Sunday, 17 July 2016

रास्ट्रवादी

चिल्ला,खोक्रा भासण दिई खोक्नेहरु रास्ट्रवादी
राती भने डिस्को बारमा धोक्नेहरु रास्ट्रवादी।

आफूलाई नोकर अनि उस्लाई मालिक सम्झेर
मोहोर राखेर पाउमा ढोक्नेहरु रास्ट्रवादी।

बाहिर रखेल राखेर मोज मस्ती गरी हिन्ने
घरमा श्रीमती कुट्ने लोग्नेहरु रास्ट्रवादी।

गरीब,सोझा जनता लाई सुराकी,आतंककारी
बनाएर सिधै गोली ठोक्नेहरु रास्ट्रवादी।

कुनै असल नेता आई राम्रो काम गर्न खोजे
बजेट अनि बिकास लाई रोक्नेहरु रास्ट्रवादी।

कुनै नेता बिशेष लाई आतंककारी भनेर
उसको टाउकाको मूल्य तोक्नेहरु रास्ट्रवादी।

भित्र भित्रै नदी नाला बिदेशी लाई सुम्पेर
सम्झौता पत्र गोजीमा बोक्नेहरु रास्ट्रवादी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...