Saturday, 9 July 2016

रात बैमानी

जवानीलाई उक्साउने रात बैमानी
रातमा बैशको हजूर मात बैमानी।

भमराले रस चुस्दा फक्रेको फुलमा
फुल लाई डाहा गर्ने पात बैमानी।

मन लाई जति सुकै दबाए पनि
त्यसै चल्मलाई दिने हात बैमानी।

खहरेको भेल बनी बेस्सरी बग्ने
ती युवा र युवतीको जात बैमानी।

अधेरी नै प्यारो लाग्ने उजेली भन्दा
अन्धकार भगाउने प्रभात बैमानी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...