Saturday, 1 August 2015

हाम्रो माया

हाम्रो माया केबल २दिने खेल भयो
मुटु दुख्यो च्वास्स आशुको भेल भयो।

कहाँ गल्ती भयो केही थाहा छैन
कुन्नि हाम्रो माया कसरी फेल भयो।

चोखो माया भए किन यस्तो हुन्थ्यो
माया मनको होइन तनको  मेल भयो।

कसको आँखा लाग्यो यो हाम्रो मायामा
हाम्रो माया तोड्न जाल अनि झेल भयो।

कहाँ र कस्ती छिन खै उनी लाई  त
मेरो जीवन  गुडी जाने रक्सौलको रेल भयो।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।