म मेरो जीवनको साथी खोज्दैछु
कहाँ छिन् ,कस्ती छिन् भनी सोच्दैछु।
काली छिन् कि गोरी ,केही था छैन
उनी संग भेट्घाट,चिन्जान् भा छैन।
म मेरो जीवनको ••••••••••••••••••
रुप रङ्ग होइन ,बुझ्ने चाहियो
गाउँ घर तिर बिझ्ने चाहियो।
म मेरो जीवनको •••••••••••••••••
ढिडो-गुन्द्रुक मन पराउने खालको
गुन्यु,चोली सारी लाउने खालको।
म मेरो जीवनको साथी खोज्दैछु
कहाँ छिन् ,कस्ती छिन् भनी सोच्दैछु।
No comments:
Post a Comment