तिमी लाई देखेर रहरहरु पलाइदिन्छ
यो मनको आगोले यौवन जलाइदिन्छ।
तिमी सामू आउदा बेचैन हुन्च यो मन
त्यसै त्यसै बढी दिन्छ मुटुको धड्कन।
तिमी लाई देखेर आँखा पनि रमाइदिन्छ
यो मनको आगोले यौवन जलाइदिन्छ।
मर्न लाको आशा पनि फेरि बाची दिन्छ
पशु-पन्क्षी,जीव-जन्तु रमाइ नाची दिन्छ।
सज्जन भाको मान्छे त्यसै बौलाइदिन्छ
यो मनको आगोले यौवन जलाइदिन्छ।
रुन लाको लाचार म त्यसै हासी दिन्छु
छातीमा तिम्रो तस्वीर सङ्गै टासी हिन्छु।
तिमी लाई देखेर इच्छाहरु मौलाइदिन्छ
यो मनको आगोले यौवन जलाइदिन्छ।
तिम्रै रुपको चर्चा छ गाउँ घर, शहर
तिमी आए जीवनमा पुरा हुन्थ्यो रहर।
तिमी लाई देखेर रहरहरु पलाइदिन्छ
यो मनको आगोले यौवन जलाइदिन्छ।
No comments:
Post a Comment