नुन छर्की दिन्छु घाउमा तिम्रो लागि
ज्यान लाई दिन्छु दाउमा तिम्रो लागि।
नाकैमा बुलकी शिरमा शिरबन्दी
पाउज्यु किनी दिन्छु पाउमा तिम्रो लागि।
जे गर्न नि तयार हुन्छु तिम्रो लागि
बिकि दिन्छु सस्तो भाउमा तिम्रो लागि।
भन प्रिय तिमी के मा खुशी हुन्छ्यौ
घुमी दिन्छु थोत्रो नाउमा तिम्रो लागि।
के गर्न बाकी छ ,भन तिम्रो लागि
लगी दिन्छु मेरै गाउमा तिम्रो लागि।
No comments:
Post a Comment