Tuesday, 18 August 2015

काफी छ

हातले दियौ इशारा मलाई काफी छ
मेरो जीवनको तिमी सङ्गै चाबी छ।
यो जिन्दगीको स्ट्रीङ तिम्रै हातमा छ
म त के हो र तिमी सबमा हाबी छ।

तर तिमी मेरै हौ अरुको  होइन
तिम्रो जीवनमा मेरै मात्र दाबी छ।

हर क्षण हर पाइला होस गर प्रिय
तिमी माथी धेरको नजर पापी छ।

तिमी केबल मेरो जिन्दगीमा आउ
तिम्रो हरेक गल्तीमा मेरो माफी छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।