मन मेरो उड्यो आज सगरमा चंगा सरी
देखेर एक सुन्दरी पवित्र गङ्गा सरी।
अति सारो राम्री उनी स्वर्गकी परी जस्ती
प्रख्यात चित्रकारले भर्यो कि रङ्ग सरी।
लामो समय लाएर बनाएछन् भगवानले
ऋषिमुनि पछी लागे तपस्या भङ्ग सरी।
ट्वाल्ल परे म त आज पागल हुन्छु क्यारे
खै के पो भयो मलाइ हेरेर दङ्ग सरी।
ठेस लागि झ्याम्म लडे उनलाई हेर्दा हेर्दै
हिड्न पनि सक्दिन म किन हो ढङ्ग सरी।
No comments:
Post a Comment