नक्कली मोरी,हिउँ झैँ गोरी
देखेर भयो मन चुलबुल
मुसुक्कै हास्दा भुत्तुक्कै हुन्छु
गुराँस जस्तै बैशको फूल।
अहै लडीबडी अहै,,
हासखेल गरौं ल है
पातली कम्मर लचक्क भाच्दा
मयूरको चाल जस्तो
कान्छीको आँखामा नियाली हेर्दा
च्छो रोल्पाको ताल जस्तो।
हुर्हुर दौतरी हुर्हुर,,
नगर कान्छी फुर्फुर
चौरी गाई, भेडा र च्याङ्ग्रा
संगै गीत गाइ हिन्दा
हिमालैको बन जङ्गलमा
अप्सरा सामू आइ दिदा
घुम्दे शेर्पीनी घुम्दे,
ओठले गालामा चुम्दे
आङ्गी र पाङ्देन लाएर हिन्दा
अकबरी सुन जस्तो
मसक्क मस्की म सङ्ग बोल्दा
कान्छी त मेरै हुन् जस्तो
भुइँ बस कान्छी भुइँ बस,,
माइतीमा धेरै नबस
सपना जस्तै मनकी रानी
छेच्यु मेलैमा भेट हुदा
बादलु सङ्गै हावामा उड्छु
कान्छीको मायाले मन छुदा।
नाच्यो मैच्याङ नाच्यो,
,कस्लाई जोवन साच्यौ
No comments:
Post a Comment