Monday, 10 August 2015

२०७२ बैशाखको १२

पोल्छ छाती दुख्छ मुटु सम्झेर त्यो दिन
नरोइ बस्न सक्तिन म एकै छिन।

२ हजार ७२ बैशाखको बार्ह
दुःखको दिन भोग्नु पर्यो नेपालीले सारा।
पोल्छ छाती•••••••••••••••••••••••

हजारौंको ज्यान गयो भत्किए घर
कोही मरे हरे भन्दै गुहार गुहार।
पोल्छ छाती•••••••••••••••••••••••

हरे दैव कस्तो बिजोग देख्नु पर्यो
भुकम्पले नेपालमा गर्नु सम्म गर्यो।
पोल्छ छाती•••••••••••••••••••••••

काठमाडौ ,गोरखा अनि नुवाकोट
बेहाल भो सिन्धुपाल्चोक,दोल्खा चरिकोट
पोल्छ छाती•••••••••••••••••••••

यति मात्र कहाँ हो र धेरै ठाउमा
उद्धार गर्न सकिएन चाडो गाउमा।
पोल्छ छाती••••••••••••••••••••

यहीँ सालको २९बैशाख भयो उहीँ गति
घर हरु भत्काइ लग्यो बाकी भाका जति
पोल्छ छाती•••••••••••••••••••

पाल भित्र महिनौ बस्ने मन थिएन
त्यही माथी मौसमले पनि पनि साथ दिएन
पोल्छ छाती••••••••••••••••••••
त्यही माथी कोही पहिरोमा परे
सयौं जना नाङ्गै अनि भोक भोकै मरे।
पोल्छ छाती••••••••••••••••••••

प्रार्थना छ भगवान लाई अब यस्तो नहोस
नेपालीको आगनमा खुशीयाली छाओस।
पोल्छ छाती दुख्छ मुटु सम्झेर त्यो दिन
नरोइ बस्न सक्तिन म एकै छिन।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।