Sunday, 2 August 2015

मीठो नाम

अहो माया तिम्रो कति मीठो नाम छ
तिमी लाई देखि कति लामो जाम छ।

लट्ठै, पागल हुन्छन् सबै तिमी देखि
तिम्रो नाममा हजार चिट्ठीको खाम छ।

तर तिमी किन सार्है नै निस्ठुरी
सबैको गालामा कालो,नीलो डाम छ।

आउ प्रिय् एकान्त, केही बात गरौं
तिमी सीत मेरो एउटा ठूलो काम छ।

महलमा तिमी लाई राख्न नसकुला
तर तिम्रो लागि दुई चार रुपे दाम छ।

आउ बसौ सितलमा पिरती गासौ न
तिम्रो रुप बिगार्ने तातो,चर्को घाम छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।