Saturday, 15 August 2015

धरोधर्म तिमी मन पर्यो।

धरोधर्म तिमी मलाई मन पर्यो
तिम्रो त्यो रुपैले गर्नु सम्म गर्यो।२

तिम्रो जोवन देखेर फूल छर्न मन लाग्यो
तिम्रो यौवन देखेर सिउदो भर्न मन लाग्यो२
तिम्रो त्यो मुस्कान मलाई मन पर्यो
तिम्रो त्यो रुपैले गर्नु सम्म गर्यो।

तिमी नजिक हुँदा मलाइ जिउन मन लाग्छ
तिमी टाढा हुँदा झनै पिउन मन लाग्छ।२
परी जस्ती तिमी मलाई मन पर्यो
तिम्रो त्यो रुपैले गर्नु सम्म गर्यो।

जिन्दगीको पूल सङ्गै तर्न मन लाग्यो
तिमी सङ्गै जिउन अनि मर्न मन लाग्यो।२
सुन्दरताकी धनी मलाई मन पर्यो
तिम्रो त्यो रुपैले गर्नु सम्म गर्यो।

परी जस्ती मोरीको दर्शन पाए पछी
के के सपना बुन्न थाले भुइँमा थच्चा बसी२
धरोधर्म तिमी मलाई मन पर्यो
तिम्रो त्यो रुपैले गर्नु सम्म गर्यो।२

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।