सगरमाथा चढ्दैछु आमा आशीर्वाद दिनु है
देशको नाम चम्काइ आउछु पीर नलिनु है।
शान्तिको सास फेर्नुस है बाबा यो हाम्रो झुप्रोमा
हजूरको आशिष् लागी पर्दिन हिउको थुप्रोमा।
सगरमाथा चढ्दैछु आमा •••••••••••••
सगरमाथा चढेर आउछु नाम पनि कमाउछु
नेपालको नाम विस्वमा राखी म पनि रमाउछु।
सगरमाथा चढ्दैछु आमा•••••••••••••••
गर्व छ मलाई नेपाली हुनुमा शिखर चुम्छु म
देशको लागि जे पनि गर्न तयार हुन्छु म।
सगरमाथा चढ्दैछु आमा••••••••••••••••
No comments:
Post a Comment